प्रेस चौतारीका पूर्व बरिष्ठ उपाध्यक्ष शर्मालाई पितृ शोक !

पर्वत २०७३ फागुन ८ । प्रेस चौतारी नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष, पर्वत जिल्लालाई कार्यक्षेत्र बनाएर २ दशकदेखि निरन्तर पत्रकारिताका क्षेत्रमा क्रियाशिल पत्रकार दुर्गाप्रसाद शर्मालाई पितृ शोक परेको छ । शर्माका पिता श्रीलाल शर्माको ह्ृदयघातका कारण शनिवार सांझ निधन भएको हो । ७१ वर्षीय शर्माको पर्वतको आर्थर गाविसस्थित घरमा नै निधन भएको हो । स्वर्गीय शर्मालाई आज अन्तिम श्रद्धाञ्जली दिई दाहसंस्कार गरिने भएको छ ।

२०६६ सालमा चितवनमा दुर्घटनामा परी घाइते भएका शर्माको लामो समय विस्तारमै उपचार भएको थियो ।

नेपाल पत्रकार महासंघ पर्वतका निवर्तमान अध्यक्ष समेत रहेका दुर्गाप्रसाद शर्माका पिताको निधनप्रति प्रेस चौतारी नेपाल, नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघ संस्थाहरुले विज्ञप्ती मार्फत शोक व्यक्त गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.