बागलुङमा सन्चालित नि:शुल्क मुटुरोग परीक्षण शिविर सम्पन्न, पाँच सय जना लाभान्वित !

कोपिला कंडेल बागलुङ २०७५ बैशाख १८ । रोटरी क्लव अफ बागलुङको आयोजनामा मुक्तिनाथ हस्पिटलमा आज सम्पन्न एक दिने नि:शुल्क मुटुरोग परिक्षण स्वास्थ्य शिविरबाट ५ सय ५ जनाले सेवा लिएका छन् । शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको प्राबिधिक सहयोगमा सम्पन्न शिविरबाट ५ सय ५ जनाको मुटु परिक्षण गरिएको र २ सय ९६ जनाको ईको गरिएको रोटरी क्लव अफ बागलुङका अध्यक्ष पुर्ण बहादुर केसीले ईबागलुङलाई जानकारी दिए ।

त्यसैगरी शिविरमा २ सय ४६ जनाको सुगर जाच गरिएको थियो । शिविरमा देखिएका गम्भीर समस्या देखिएका ५ जना मुटुरोगीलाई थप उपचारका लागि शहिद गंगालाल हृदय रोग केन्द्र काठमाडौमा रिफर गरिएको अध्यक्ष केसीले बताए ।

शिविर संचालनका लागि शहिद गंगालला हृदय रोग केन्द्रका बरिष्ठ डा. मधु रोका लगायत १८ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको शिविर संचालनका संयोजक एबं रोटरियन गगनलाल शाक्यले जानकारी दिए ।

शिविरमा निशुल्क ईसीजी सेवा, निशुल्क भिडियो एक्सरे ईको, सुगर जाच, पिटि आईएन आरको जाच र शहीद गंगालाल राष्ट्रिय र्हृय केन्द्रमा उपलब्ध हुने सेवा सम्बन्धी जानकारी गराईएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रतिनिधी सभाका सदस्य डा. सुर्य पाठकले स्वास्थ्य सेवा नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने बताउदै स्वास्थ्य र शिक्षामा ठुलो ब्यापारीकरण भएको भन्दै राज्यको तर्फबाट निशुल्क सेवा प्रदान हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेल र बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. मधु रोका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शिविर संचालनका लागि रोट्याक क्लव अफ बागलुङ, ईन्ट्याक क्लव अफ बागलुङ, बागलुङ उद्योग बाणिज्य सघं, गल्कोट सेवा समाज, मुक्तिनाथ अस्पताल, मुक्तिनाथ स्वास्थ्य सहकारी, चारतारे युवाक्लव, बानपा १३, लायन्स क्लव अफ बागलुङ,शाक्य कल्याण समाज भिमापोखरा युवा क्लव कन्सर्न नेपाल लाईन्स क्लव अफ बागलुङ कालिका, बानपा ९ तित्याङ्ग, जयन्ती स्मृति प्रतिष्ठान, सेवा समाज अस्कल, रोटरी क्लव अफ दरबार मार्ग काठमाण्डौ र नेशनल हेल्थकेयर प्रालि रहेका छन् ।

कार्यक्रम रोटरी क्लव अफ बागलुङका अध्यक्ष पुर्ण बहादुर केसीको अध्यक्षता, रोटरियन नरेश कंडेलको स्वागत मन्तब्य र भवनराज बरालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *