नेपाली महिला समाज कतारको दोस्रो अधिवेशन सम्पन्न: अध्यक्ष बनिन् सुष्मिता भुषाल !

उद्धव मगर दोहा कतार, २०७३ फागुन ८ । कतारको सनैयामा फेबु्रअरी १७ का दिन नं. २७ रोटाना रेष्टुरेण्टमा महिला समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाली महिलाको चाहाना, एकता र सहयोगमा विशुद्ध सामाजिक भावना मुल नारा लेखिएको व्यानर उद्घाटन र दीप प्रज्वलन पछी विधिवत रुपमा कार्यक्रम अगाडी बढेको थियो ।

यस कार्यक्रमको अध्यक्ष रेखा राई, प्रमुख अतिथि गैर आवासीय नेपाली संघका अध्यक्ष विनेश तामाङ्ग, रहेका थिए । कार्यक्रमको सन्चालन समाजका सचिव जानुका बस्नेतको रहेको थियो भने स्वागत मन्तव्य समाजका प्रथम उपाध्यक्ष अमिना खानले गरेकी थिईन् ।

अतिथिरुमा विभिन्न वैचारिक संस्थाका पदाधिकारीहरु जनप्रगतिशिल मञ्च केन्द्र) मोहन केसी, नेपाली प्रवासी मञ्च रामहरि गैरे, कतार नेपाली एकता समाजका धन बहादुर परियार,जनसम्पर्क समितिका अब्दुल हफिम, साथै जिल्ला संस्थाका प्रतिनिधिहरु उल्लेख्य उपस्थिती रहेको थियो ।

समाजको नयाँ कार्य समितिमा सुस्मिता भूषालको अध्यक्षतामा १५ सदससीय चयन भएको छ जसको प्रथम उपाध्यक्ष–अमिना खान, द्धितीय उपाध्यक्षमा जानुका बस्नेत (खडका) महासचिवमा अम्बिका खत्री, सचिवमा इश्वरा थापा मगर, कोषाध्यक्षमा मिना गैरे, सह–कोषाध्यक्षमा हिलारी तामाङ्ग (राई) तथा सदस्यहरुमा जानुका थापा मगर, वाइदा खातुन, सिता राई, अनु राई, बबिता तुम्बाफे –नेवाङ, शर्मिला जोसी रहेका छन् ।

अन्तमा कार्यक्रमका अध्यक्ष रेखा राईले पहिलो चरणको कार्यक्रलाई समापन गर्दै बनिरहेको नयाँ समितिलाई शुभकामना दिदै कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *