१२९ औँ श्रमिक दिवसको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्न प्रदान !

प्रदीप पन्त, बागलुङ २०७५ बैशाख १८ । यस बर्षको १२९ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस बागलुङमा पनि बिभिन्न कार्यक्रमका साथ मनाईएको छ । दिवसको अवसरमा नेपाल ट्रेड यूनियन काग्रेस जिल्ला कार्य समिति बागलुङको आयोजनामा मानव सेवा आश्रममा बिभिन्न सामाग्री प्रदान गरिएको छ ।

सामाजिक आर्थिक उन्नतिका लागि श्रमिक एकता भन्ने नाराका साथ मनाईएको दिवसको अवसरमा मानव सेवा आश्रममा खाद्यान्न,फलफुल प्रदान गरिएको हो ।

१८ जना व्यक्ति बस्दै आएका आश्रममा केही सहयोग होस भन्नको लागि चामल, दाल, नुन, तेल, चिनी चिया, भुजा एवं फलफुल प्रदान गरिएको नेपाल ट्रेड यूनियन काग्रेस जिल्ला कार्य समिति बागलुङ अध्यक्ष ईश्वर ठाकुर पौडेलले बताए ।

श्रमिक दिवसको अवसरमा आकाशमुनि बसोबास गर्दै आएका अनाथ,असहायहरुको लागि यसरी सन्चालित मानवसेवा आश्रममा सहयोग गर्न पाउदा निकै खुसी लागेको पौडेलको भनाई थियो ।

खाद्यान्न हस्तान्तरण गर्दै नेपाली काग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धिलाई स्मरण गर्दै आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन लगायतका आधारभूत हकअधिकारको बारे सम्पुर्णमा अवगत हुदै जानुपर्ने बताए । उनले सबैको सम्मान गर्दै अगाडि बढनुपर्ने र मानव सेवा आश्रममा बसोबास गर्ने व्यक्तिहरुको लागि सहयोग गर्नु नै ठुलो उपलब्धी हुने बताए ।

कार्यक्रममा नेपाली काग्रेसका पुर्व कावा अध्यक्ष जगदिशचन्द्र उपाध्याय, जिल्ला कोषाध्यक्ष उमेश गौतम, नेपाल शिक्षक सघंका अध्यक्ष उमाकान्त शर्मा, मानव सेवा आश्रम अभिभावक समितिका संयोजक मनिष रायमाझी लगाएले विश्व मजदूर दिवसका अवसरमा शुभकामना व्यक्त गरेका थिए ।
नेपाल ट्रेड यूनियन काग्रेस जिल्ला कार्य समिति बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलको अध्यक्षता, प्रदेश न .४ का उपाध्यक्ष एवं निर्वतमान जिल्ला अध्यक्ष रामप्रसाद अधिकारीको स्वागत र सचिव कुमार शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ ।

सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गर्यो ।

सन १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *