अधिकारीचौरमा खानेपानी समस्या पहिचानको जिम्मा नेवा:लाई दिने निर्णय !

रमिता पुन, बागलुङ २०७३ फागुन ८ । अधिकारीचौर गाउँ विकास समितिमा खानेपानी समस्या समाधानका लागि अध्ययन गरिने भएको छ । जिल्ला खानेपानी तथा सर्सफाई डिभिजन कार्यालय बागलुङको सहजीकरण तथा नेपाल स्वास्थ्यका पानीका लागि नेवाःको संयोजनमा आयोजना शनिबार अधिकारीचौर गाउ विकास समितिको कार्यालयमा गरिएको अन्तरक्रिया कार्यक्रममा गाउँ विकास समितिमा देखिएको खानेपानी समस्या अध्ययन गरिने निष्कर्ष निकालिएको हो ।

गाउँ विकास सिमितिका सचिव कमल प्रसाद कँडेलको अध्यक्षतमा भएको अन्तरक्रिया कार्यक्रममा स्थानीय राजनैतिक पार्टी प्रतिनिधि, समाजसेवी, वडा नागरिक मञ्चका प्रतिनिधि तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको नेपाल स्वास्थ्यका पानीका लागि नेवाःको योजना अनुगमन अधिकृत हरी रिमालले सहजीकरण गरेका थिए ।

अन्तरक्रिया पछि त्यस गाउँ विकास समितिमा खानेपानीको विषयमा देखिएका समस्या पहिचानका लागि नेवालाई जिम्मेवारी दिइएको छ । जस्को संयोजन भने जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गर्ने भएको छ ।

अधिकारीचौर गाउँ विकास समितिको वडा नं. ३, ५ र ९ मा बढी समस्या भएपनि अरु स्थानमा पनि खानेपानी समस्या जटिल रहेको गाविस सचिव कँडेलले बताए । यसैबीच अघिकारीचौरको सहीखोला स्थित शिवालय माध्यमिक विद्यालयमा गत साउन महिनामा आएको वाढीले खानेपानी मुहान तथा पाईनै बगाइदिएपछि अहिले समस्या रहेको विद्यालयका प्रधानाध्यापक देवेन्द्र छन्त्यालले बताए ।

गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएपछि पनि खानेपानीको समस्या भएका विभिन्न वडाहरुमा यसखालको अध्ययनपछि खानेपानीको व्यवस्थापनमा सहजता आउन सक्ने स्थानीय समाजसेवी सुनिल कुमार घर्ति मगरले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.