हिमपातपछी मुस्ताङ जिल्ला सेताम्मे : स्थानिय तथा पर्यटक हर्षित !

केशव बि.क, मुस्ताङ २०७३ पुस १८ । हिमाली जिल्ला मुस्ताङमा आइतबार हिमपात भएको छ । वदलिँदो मौसम संगै जोमसोममा हिमपाँत हुँदा स्थानिय कृषक तथा पर्यटक हर्षित भएका छन् । मुस्ताङमा आइतबार दुई बजेदेखि हिमपात भएको हो । लगातार चार घण्टा जति हिमपात भएको थियो ।

मुस्ताङमा जुन अनुपातमा हिउँ पर्नु पर्ने हो सो अनुपात अनुसार हिउँ नपरेपनि विगत दुई वर्षको तुलनामा यस पटक राम्रो हिउँ परेको बताइएको । हल्का फुल्का हिउँ गत हप्ता परेको भएतापनि यो हिउँद याम सुरु भएसंगै मुस्ताङको सबै क्षेत्रमा हिउँ परेको पहिलो पटक हो ।

प्राय: जसो फुर्सा रहने यहाँका डाँडाँ पाखा पखेरा पनि यति बेला सेताम्मे देखिएका छन् । मुस्ताङमा घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकहरु पनि हिउँ परेपछि खुःसी भएका छन् । अहिले हिउँ खेल्ने र फोटो खिच्नेहरु पनि उत्तिकै मात्रामा छन् ।

जोमसोम बजार ।

हिमपात भएपछि यहाँका कृषक हर्षित देखिएका छन् । मुस्ताङमा उत्पादन हुने कृषि उपज हिउँ संग सम्बन्धीत रहने गर्छन् । हिउँद याममा राम्रो संग हिमपात भए कृषि उत्पादन पनि राम्रो हुने यहाँका कृषकहरु बताउँछन् ।

विगत दुई वर्षसम्म राम्रो संग हिउँ नपर्दा यहाँ उत्पादन हुने स्याउँको मात्रामा पनि कमि आएको थियो । हिउँदको समयमा राम्रो संग हिउँ परेमा स्याउको बोटमा लाग्ने किरा नियन्त्रण भई उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

हिँमपात भएपछि चिसोको मात्रा पनि ह्वात्तै बढेको छ । यहाँका स्थानिय तथा पर्यटकहरु जाडो छल्नको लागि आगो, हिटर ताप्ने गरेका छन् । जाडो समयमा यहाँ विद्युत खपतको मात्रा पनि बढने गर्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *