खर्वाङमा एक हप्ते युवा उत्प्रेरणा, आधाराभूत पत्रकारित तथां उद्घोषण तालीम सुरु !

दिनेश शर्मा, खर्वाङ २०७५ बैशाख १८ । बडीगाड गाउपालिकाको खर्वाङ बजारमा बडीगाड युुवा मन्चको आयोजनामा एक हप्ते युवा उत्प्रेरणा आधाराभूत पत्रकारित तथां उद्घोषण तालीम सुरु भएको छ ।

तालिमको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति बागलुङका उप प्रमुख विष्णु भुषालले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए भने सोहि अवसरमा प्रमुख अतिथी भुसाल एवं प्रशिक्षकहरु हिराबहादुर केसी तथा जीत शेरचनले एक जना अल्पसंख्यक कृषकलाई सामुहिकरुपमा कृषि सामाग्री प्रदान गरिएको थियो ।

उद्घाटन पश्चात प्रमुख अतिथी भुसालले पत्रकारिता क्षेत्रमा युवाहरुको उत्साहप्रद सहभागिताको प्रशंसा गर्दै युवाहरुलाई दुव्र्यसनबाट जोगाई स्वदेशमै रोजगारी सिर्जनागर्न सके मुलुक सम्बृद्ध बन्न सक्ने बताए ।

कार्यक्रममा बडीगाड गाउपालिका २, ५, ६ र ७ का वडाध्यक्षहरु क्रमश हिमा खरेल, अर्जुन खरेल, मौसमकाजी क्षेत्री र कृष्ण गुरुङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मन्चका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सन्चालन मन्चका सचिव कृष्ण भट्टराईले गरेका थिए ।

तालीममा बडीगाड गाउपालिकाका सबै १० वडाहरुबाट ५० जना भन्दा बढी युवा तथा युवतीहरुको सहभागिता रहेको सचिव भट्टराईले ईबागलुङलाई बताए ।
आगामी बैशाख २४ गते सम्म सन्चालन हुने तालीमको पहिलो प्रशिक्षण कार्यक्रम सुरु भएको छ । अहिले प्रशिक्षक हिरा केसीले राजनीति प्रशिक्षण दिईरहेका छन् ।

आधारभूत पत्रकारिता एवं उद्घोषण प्रशिक्षकहरुमा पत्रकारहरु दिल शिरीस, रामबहादुर जीसी, राम सुवेदी, कमल पौडेल, प्रकाश बराल, राम थापा अबिरल र गल्कोटका शिक्षा अधिकारी प्रकाश ओझाले भोलि देखी प्रशिक्षण दिने मन्चले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *