गल्कोटका सामुदायिक बिद्यालयमा ‘अंग्रेजी माध्यम’को नाममा ब्रह्मलुट ! अभिभावक मर्कामा !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ बैशाख १७ । अंग्रेजी माध्यमबाट अध्यापन गरिने नाममा गल्कोटका सामुदायिक बिद्यालयले अभिभाबकबाट चर्को शुल्क असुल्ने गरेका छन् । सरकारी बिद्यालयको शैक्षिक गुणस्तर बढाउन अंग्रेजी माध्यमबाट अध्यापन गराउन शुरु गरेका बिद्यालयहरुले अहिले चर्को शुल्क असुल्ने गरेका हुन् । अंग्रेजी माध्यमको पढाई, शुल्क असुल्ने बहान बनेको छ ।

भर्ना फिस, फर्मशुल्क, अभिभावक चन्दा लगायतका शिर्षक, केहि सरकारी बिद्यालयमा सस्थागत जसरी पठनपाठन हुने गरे पनि यहाँका धेरैजसो सरकारी बिद्यालयमा भने अग्रेजी माद्यमबाट शिक्षण गरेपछि बिद्यार्थीहरु न अग्रेजी राम्रोसँग जान्ने न नेपाली राम्रोसँग जान्ने भएका छन ।

सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा दिनुपर्ने भएपनि अभिभावकहरुबाट चर्को रकम असुल गरिरहँदा सरोकारवालाहरु निरीह बनेका छन्।

सरकारले हरेक बालबालिकालाई सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने बताई रहँदासामुदायिक बिद्यालयले चर्को शुल्क असुल गर्दै आएको भन्दै अभिभाबकले गुनासो मात्र गरेका छैनन् अंग्रेजी माध्यमा पढाउने नाममा लुटिरहेको भन्दै आक्रोस ब्यक्त गरेका छन् । अंग्रेजी माध्यम चलाउन सामुदायिक बिद्यालयले अतिरिक्त खर्च ब्यहोर्नु पर्ने भएको भन्दै त्यसका लागि बिद्यालयमा बिभिन्न शिर्षक देखाएर शुल्कमात्रै असुल्ने गरेको यहाँका स्थानियहरुको आरोप छ ।

अहिले अधिकांस सामुदायिक बिद्यालयले अंग्रेजी माध्यम पैसा असुल्ने माध्यम बनाउने गरेका छन् । जसले गर्दा सरकारी बिद्यालयहरुलाई पनि निजीकै खेमामा राख्ने गरिएको छ । सरकारी बिद्यालयले कुनै पनि बाहानामा शुल्क लिन नपाउने शिक्षा कार्यालय, शिक्षा शाखा लगायतले बताउने गरे पनि त्यो भनाई भाषणमा मात्रै सीमित भएको छ । बिद्यालयले कुनै पनि अभिभाबकलाई विभिन्न शिर्षकमा अन्य रकम तिर्न बाध्य बनाउन नहुँने अभिभावकको भनाई छ ।

गल्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख सँग फोन सम्पर्क हुन सकेन ।गल्कोटका केहि बिद्यालयमा कक्षा १ देखि ५ सम्म भर्ना फिस उठाउने गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *