बिहुँमा चार वर्षिया बालिकालाई जीपले ठक्कर दिँदा मृत्यु !

दिनेश शर्मा, बागलुङ २०७५ बैशाख १७ । केहि क्षण पहिले बागलुङ बजार देखी काठेखोला गाउपालिका ६ बिहुँ तिर गैरहेको पीक अप जीपले हानेर चार वर्षिया बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

बागलुङ बजार देखी बिहुँ दुध लिन गैरहेको ध १ च २०८ नंबरको रातो प्लेटको पीकअप जीपले ठक्कर दिँदा रेशबाट आफन्त संग माईत जान हिँडेकी हिरा बहादुर थापाकी छोरी वर्ष ४ की दीक्षा थापाको मृत्यु भएको हो । दुर्घटनापछी बच्चीलाई बागलुङ धौलागिरी अन्चल अस्पताल पुयाउदा मृत्यु भैसकेको बताएको श्रोतले बतायो ।

ट्राफिक प्रहरी हवल्दार पूर्ण बहादुर श्रेष्ठका अनुसार जीप चालक काठेखोला २ बस्ने वर्ष २५ को रेशम कँडेलर जीप प्रहरीले नियन्त्रणमा लिएको छ । शवको धौलागिरी अन्चल अस्पतालमा पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्राप्त जानकारी अनुसार घटनास्थलमा तत्काल प्रहरी चौकी दोबिल्ला बागलुङबाट प्रहरी टोली खटि गएको र यस कार्यालयबाट प्रनानि दामोदर भट्टराईको नेतृत्वमा ५ जनाको अनुसन्धान टोलीले घटनास्थल, लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतकको शव अस्पतालको शव गृहमा राखि अनुसन्धान जारी रहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *