आजको तस्वीर : ढोर बराहा मन्दिरमा चण्डिपूर्णिमा मेला !

ढोरपाटन २०७५ बैशाख १७ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका ९ ढोरपाटनमा अवस्थित प्रशिद्ध ढोरबराहा मन्दिरमा चण्डिपूर्णिमा मेला सुरु भएको छ । सडक यातायात ढोरपाटनमा पुगेपछी श्रद्धालुहरुको संख्या पनि उत्तिकै बढेपछी आज ढोरपाटनमा चहल पहल पनि बढेको छ ।

हिँजै देखी ढोरबराहको पूजा अर्चनाका लागि ढोर पुगेको सयौँ श्रद्धालुहरु मध्य सयौँले हिँजो नै बराहा भगवानको पूजा गरी फर्किसकेका छन् । ज्योतिषीय दृष्टिकोणले हिँजो बैशाख १६ गते चतुर्दशी तिथी थोरै मात्र रहेको र चण्डि पूर्णिमा प्रारम्भ भएकाले हिँजो अपरान्ह पछी बराहा स्थानमा १ सय ६८ भेँडाको बलि दिईएको स्थानीयले बताएका छन् । अहिले बिहान सबेरै देखी बराहा स्थानमा भेँडाको बलि दिने कार्य सुरु भएको छ । आज ३ सय भन्दा भेँडाको बलि चढ्ने स्थानीयले जानकारी दिएका छन् ।

ढोरमा अबिरल बग्ने पवित्र उत्तरगंगा नदीमा स्नान गरी प्रशिद्ध बराह भगवानको पूजा अर्चना गरे मनोकामना पूर्ण हुने मान्यता रहि आएको छ । मनोच्छा पूरागर्न भगवान बराहाको नाममा भाकल गर्ने र भेँडाको बलि चढाउनाले फलप्राप्ति हुने विश्वास श्रद्धालुहरुमा रहेको छ ।
ढोर बराहा मन्दिरमा जनैपूर्णिमा र चण्डि पूर्णिमामा विशेष पूजा अर्चनाका साथै बलि दिएुर बराह भगवानको पूजा गरिन्छ । ऋषितर्पणी अर्थात जनै पूर्णिमामा ढोर बराह मन्दिर ठुलो मेला लाग्ने गर्दछ ।

ढोर बराह मन्दिरमा मेला भर्न छिमेकी जिल्लाहरु म्याग्दी, रुकुम, रोल्पा, प्यूठान, गुल्मी, पर्वत मात्र नभएर पछिल्लो समय मुलुक भरका श्रद्धालुहरु आउने गरेको आयोजकहरुले बताएका छन् ।

तस्वीर- दीपक पराजुली, ढोरपाटन ।

तस्वीर- ईन्द्र शाही, ढोरपाटन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *