नवप्रतिभा साकोस गोरखा र गैडाकोट स्वाभिमान साकोस भरतपुरद्धारा सिवाईसीको अवलोकन

सुमन जि.सी. बागलुङ, २०७५ बैशाख १६ । नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. गोरखा र गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. भरतपुरको टोलीद्धारा आईतावार एकै दिन बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको स्थलगत अवलोकन गरी संस्थाहरु विच एक आपासमा अन्तकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

अन्तरकृया तथा छलफलका क्रममा नवप्रतिभा साकोसको तर्फवाट भ्रमणको उद्देश्य एवं आशा अपेक्षाका बारेमा अध्यक्ष नरेन्द्र बगाले र अन्तराष्ट्रिय स्तरको ऐक्सेस ब्रोञ्जे प्राप्त संस्था गैडाकोट स्वाभिमान साकोसको तर्फवाट अध्यक्ष देवराज पौडेलले जानकारी गराएका थिए । उनीहरुले सिवाईसीले यस क्षेत्रमा छोटो समयमा गरेको प्रगतीको बारेमा आफुहरु जान्न ईच्छुक रहेको समेत जानकारी गराएका थिए ।

अन्तरकृया कार्यक्रममा सिवाईसी साकोसले छोटो समयमा हाँसील गरेका उपल्ब्धी, संस्था सञ्चालन प्रकृया, संस्थाले सञ्चालन गरिरहेको फरक तथा नौला गतीविधिहरु र बागलुङको सहकारी अभियानको वारेमा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले जानकारी गराउदै पौडेलले संस्था नीति विधि, प्रविधि र बद्लिदो समय र परिवेश अनुसार सञ्चालन गर्न नसकेमा दुर्घट्ना तर्फ धकेलीने बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता, ऐक्सेस कार्यदल सदस्य सीता शर्माको स्वागत र संस्थाका ऋण अधिकृत अनीता घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *