पत्रकारिताको मर्यादा र छबी माथि उठ्ने गरी कलम चलाउन मन्त्री विश्वकर्मा आग्रह !

नन्दहरि सृजनशिल पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार शर्मालाई प्रदान

कोपिला कंडेल, बागलुङ २०७५ बैशाख १६ । यस बर्षको नन्दहरी सृजनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार धुव्रसागर शर्मालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासघं बागलुङ शाखाव्दारा संचालित सातौ पटकको पुरस्कार म्याग्दीका पत्रकार शर्मालाई प्रदान गरिएको हो ।

पुरस्कार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र पुरस्कारका संस्थापक संरक्षक हरिनारायण गौतमले संयुक्तरुपमा प्रदान गरेका थिए । पुरस्कारको रासी १५ हजार १ सय ५५ सहित सम्मान पत्र र दोशल्ला रहेको छ ।

नेपाल पत्रकार महासघंका निवर्तमान केन्द्रिय सदस्य बागलुङ शाखाका पुर्ब अध्यक्ष तथा ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले आफ्ना स्वर्गिय मातापिता नन्दकली गौतम र हरि प्रसाद गौतमको स्मृतिमा नन्दहरी सृजनशील पत्रकारिता पुरस्कारको स्थापना गरिएको थियो ।

२०६६ सालमा २ लाख रुपयाको अक्षयको कोषको स्थापना गरिएको र सोही कोषबाट धौलागिरी अंचलमा रहेर काम गर्ने क्रियाशील पत्रकारलाई बर्षेनी पुरस्कृत गरिदै आएको छ ।

पुरस्कार वितरण पछि बोल्दै युवा तथा खेलकुद मन्त्री विश्वकर्माले समाज रुपान्तरण र सम्मृद्धिका लागि पत्रकारिता क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । संचार क्षेत्रका बिकास र बिस्तारका लागि राज्यले लगानी गर्नुपर्ने भन्दै विश्वकर्माले पत्रकारिताको मर्यादा र छबी माथि उठ्ने गरी कलम चलाउन आग्रह गरे ।

नागरिकलाई सञ्चारको माध्यमबाट विभिन्न घटनाहरु जानकारी गराउने कर्तव्य पत्रकारहरुको भएकाले राज्यले पनि पत्रकारको हक हित संरक्षणका लागि पहल गर्ने बताउदै मन्त्री विश्वकर्माले श्रमजिवी पत्रकारहरुलाई यस्ता खालका पुरस्कारबाट प्रोत्साहन मिल्ने भएकाले पुरस्कृत संगै न्युनतम पारिश्रमिकको बिषयलाई उठान गर्नुपर्ने बताए।

त्यसैगरी प्रतिनिधी सभाका सदस्य डा. सुर्य पाठकले मौफसलका पत्रकारका लागि पत्रकारिता पेशा कठिनाई र चुनौतीपुर्ण रहेको भन्दै सचेत भएर अगाडी बढ्न आग्रह गरेका थिए । कार्यक्रममा प्रदेश शभा सदस्य साबित्री राना, नन्दहरी सृजनशिल पत्रकारिता पुरस्कारका संस्थापक संरक्षक हरीनारायण गौतम, सम्मानित ब्यक्तित्व धुव्रसागर शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा पुरस्कार छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले ज्यष्ठता निरन्तरता र क्रियासिलताका आधारमा सो पुरस्कार वितरण गर्दै आएको बताए ।

यसअघि पहिलो पुरस्कार बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी, दोस्रो म्याग्दीका घनस्याम खड्का, तेस्रो पर्वतका दुर्गा प्रसाद शर्मा, चौथो पर्वतका ओम घायल, पाचौ बागलुङका ज्ञानेन्द्र गौतम र छैठौ पुरस्कार बागलुङकै पत्रकार कोपिला कंडेलले प्राप्त गरेका थिए ।
आगामी दिनमा कोषको राशी थप गरेर प्रदेश स्तिरिय बनाउने कोषका संस्थापक संरक्षक हरी नाराण्ण गौतमले जानकारी दिए ।

कार्यक्रम नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल श्रीसको अध्यक्षता, कोषाध्यक्ष बिजय रानाको स्वागत मन्तब्य र सचिव राम थापा अबिरलको संचालनमा सम्पन्न भएको थियो ।
आजै मन्त्री विश्वकर्माले पार्टी कार्यकर्ताहरु संग भेटघाट कार्यक्रम गरेका थिए भने बानपा १ बाँगेचौरमा आयोजित राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *