तमानको सरस्वती आधारभूत बिद्यालयलाई नगद तथा कम्प्यूटर सहयोग !

बसन्त घर्ती मगर, तमान २०७५ बैशाख १६ । तमानखोला गाउँपालिकाको वडा नं ४ मा अवस्थित सरस्वती आधारभुत विद्यालयलाई कम्प्युटर र नगद रकम सहयोग प्रदान भएको छ । विद्यालयका शिक्षक जग बहादुर छन्त्याल तथा श्रीमती दिलमती छन्त्याल एवं मिनप्रसाद छन्त्याल र श्रीमती जनु छन्त्यालबाट पिता एवं ससुरा स्व. श्रीप्रसाद छन्त्याल र माता एवं सासू स्व. पुनिसरा छन्त्यालको स्मृतिमा नगद रु २ लाख ७५ हजार रकम विद्यालयलाई प्रदान गरेका छन्।

अर्का सहयोगी दाताहरु मोहन छन्त्याल तथा श्रीमती धनकुमारी छ्न्त्याल एवं देवेन्द्र छन्त्याल तथा श्रीमती पुष्पा छन्त्यालले स्वर्गीय पिता एवं ससुरा भारतीय सेनाका भुतपुर्व नायक लाल बहादुर छन्त्यालको स्मृतिमा नगद रु १ लाख, २ थान कम्प्युटर सेट र १ थान काठको कुर्ची प्रदान गरेका छन ।

विद्यालयमा गरिएको अनौपचारिक कार्यक्रममा उक्त सहयोग रकम सहयोगदाताहरुले विद्यालयका प्रअ कुम बहादुर छन्त्याल मार्फत विद्यालयलाई प्रदान गरेका थिए । कार्यक्रमको सन्चालन विद्यालयका शिक्षक बसन्त घर्ती मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *