म्याग्दी लायन्स क्लबद्वारा तमान युवा क्लब र आमा समुहलाई फर्निचर सहयोग !

बसन्त घर्ती मगर, तमान २०७५ बैशाख १६ । म्याग्दी लायन्स क्लबले तमान युवा क्लब, तमानलाई १ थान काठको दराज र महिला कल्याण आमा समुह, तमानलाई १ थान काठको टेवल प्रदान गरेको छ ।

म्याग्दी लायन्स क्लबका अध्यक्ष शंकर गौचनले तमान युवा क्लबको भवनमा एक कार्यक्रम गरि उक्त सामाग्री हस्तान्तरण गरेका हुन । गौचन यहाँका पहिलेका स्थानीयबासी हुन । उनी अहिले काठमाडौमा बसोबास गर्छन । गाउँ बाहिर बसेपनी गाउँ प्रती उनको माया मरेको । छैन ।

सोही कार्यक्रममा प्रमुख अतिथि रहेका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले शंकर गौचन जस्ता सामजिक सेवाको भावना भएका व्यक्तिहरुको समाजमा निकै खाचो रहेको र यस्ता सामाजिक र सेवामुलक एवं स्वयंसेवक संघ संस्थाहरुले असाहय, गरिबी, विपन्न र पिछडिएकाहरुको पक्षमा कामगर्ने हुदा हामी सबैले त्यस्ता संघसंस्थाहरु सित हातेमालो गर्दै सामजिक सेवाका कामहरु गर्नुपर्ने कुरा बताए ।

महिला कल्याण आमासमुह, तमानकी अध्यक्ष तनिमा घर्ती मगर, तमान युवा क्लबका पूर्व अध्यक्ष झक बहादुर बुढा मगर, धन गौ ज्योती मावि तमानका प्रअ मन बहादुर बुढाथोकी मगर र तमानखोला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष गिर बहादुर घर्ती मगरले मन्तव्य राखेको सो कार्यक्रमको अध्यक्षता म्याग्दी लायन्स क्लबका अध्यक्ष शंकर गौचन, प्रमुख आतिथ्यता तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगर र कार्यक्रमको सन्चालन वसन्त घर्ती मगरले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *