पर्यटकीय स्थल घुम्टे लेकमा अवस्थित सिद्ध भैरब मन्दिरमा बैशाख पूर्णिमा मेला जारी !

गल्कोट २०७५ बैशाख १६ । गल्कोट क्षेत्रमा रहेको घुम्ट लेक पर्यटकीय दृष्टिलेमात्र नभएर धार्मिक आस्थाका कारणपनि प्रशिद्ध मानिन्छ । घुम्टे लेकबाट चारै तिर देखिने मनोरम दृश्य र त्यस लेक र आसपासमा फुल्ने थरी थरीका लाली गुराँश फुलले लोभिएर दिनहुँ जसो सयौँ आन्तरिक एवं बाह्य पर्यटकहरु आउने गर्छन भने प्रत्यक वर्षको बैशाख (चण्डि) पूर्णिमाका अवसरमा घुम्टे धुरीमा अवस्थित भैरव मन्दिरमा पूजा अर्चनाका लागि श्रद्धालुहरुको भीड नै लाग्छ ।

अस्ति भरखर गल्कोट घुम्टे पर्यटन विकास केन्द्रको आयोजनामा सम्पन्न भएको लालीँ गुराँश महोत्सब लगत्तै अहिले जारी धार्मिक मेलामा सिद्ध भैरव मन्दिरमा श्रद्धालुहरुको घुँईचो लागेको छ । हिँजो छोडी अस्ति देखी सुरु भएको धार्मिक मेला (पूजा) भोलि बैशाख पूर्णिमा सम्म जारी रहने भएपनि काल भैरबलाई आज बोका भेँडाको बलि दिएर विशेष पूजा गरिन्छ । भोलि बुद्ध पूर्णिमा पनि भएकाले काटमार गर्न नहुने मान्यताका कारण कम भक्तहरु आउने गल्कोट घुम्टे पर्यटन विकास केन्द्रका बरिष्ठ उपाध्यक्ष राजबहादुर थापाले ईबागलुङलाई जानकारी दिए ।

घुम्टे लेकमा रहेको प्रशिद्ध सिद्ध भैरब र बालसिद्ध मन्दिरमा अहिले पूजा अर्चना जारी रहेको छ । काल भैरबलाई बलि पूजा दिईएपनि बाल सिद्ध मन्दिरमा बलि पूजा दिने प्रचलन छैन । बरीष्ठ उपाध्यक्ष थापा भन्छन्, ‘प्राचीनकालमा ५ वर्षको बालकले तपस्या गरी सिद्धि प्राप्त गरेकाले त्यस मन्दिरलाई बाल सिद्ध मन्दिर भनिएको हो, त्यहा बलि पूजा दिईन्न रोटले पूजा गरिने परम्परा रहि आएको छ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *