सिण्डिकेटको समर्थनमा यातायात व्यवसायीव्दारा यातायात कार्यालयमा घेराउ !

दिनेश शर्मा बागलुङ २०७५ बैशाख १६ । बागलुङ सदरमुकाममा यातायात व्यवसायीहरुले सिण्डिकेटको समर्थनमा बागलुङ नगरपालिका १ रामरेखामा रहेको याताताय कार्यालय घेराउ गरेका छन् । कार्यालय खुल्ने बित्तैकै कार्यालय घेरा उगर्न पुगेका यातायात व्यवसायीहले व्यानर सहित कार्यालय घेराउगर्दै कार्यालयको प्रवेशव्दारमा धर्ना दिएकाले कार्यालयको काम प्रभावित बनेकोा छ ।

राष्ट्रिय यातायात महासंघको आयोजनामा सिण्डिकेटको समर्थनमा देशभरका यातायात कार्यालय घेराउगर्ने कार्यक्रम अन्तर्गत बागलुङ सदरमुकामस्थित यातायात कार्यालय घेराउ गरिएपछी ठुलो संख्यामा प्रहरी परिचालन गरिएको अवस्था छ ।

सराकारले यातायातमा सिण्डकेट प्रणाली खारेज गरिसकेको छ भने यसका बिरुद्ध सरकार कडाईका साथ पेस भैरहेका अवस्थामा सिण्डिकेटको समर्थनमा यातायात कार्यालय घेराउ वा सडक अबरुद्ध गर्ने कार्यलाई सरकारले कडा कार्बाह ीगर्ने बताउदै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *