ढोर बराह स्थानमा मेला भर्न जाने श्रद्धालुहरुको बुर्तिवाङमा चहलपहल !

डम्मर बुढा मगर, बुर्तिवाङ २०७५ बैशाख १६ । ढोरपाटन स्थित ढोरबराह स्थानमा भोलि बैशाख (चण्डि)पूर्णिमाका दिन लाग्ने मेला भर्न जाने श्रद्धलुहरुको आजै देखी बुर्तिवाङ बजारमा चहल पहल बढेको छ ।

ढोर बराह मन्दिरमा वर्षको दुई पटक बैशाख पूर्णिमा र जनै पूर्णिमामा मेला लाग्ने गर्छ । ढोर बराह स्थानमा ठुलो मेला जनै पूर्णिमा लाग्ने गरेपनि बैशाख पूर्णिमा पनि पछिल्लो समय श्रद्धालुहरुको संख्या बढन थालेको स्थानीयले बताएका छन् ।

ढोर बराह भगवानलाई पूजा अर्चना सहित भेँडाको बलि दिएमा मनोकाँक्षा पूरा हुने प्राचीन मान्यता अनुसार श्रद्धालुहरु आजै देखी ढोरपाटन जाने गर्छन् । भोलि ढोरबराह स्थानमा ५ सय भन्दा भेँडाको बलि चढाईने स्थानीयले बताएका छन् ।

बैशाख पूर्णिमा भोलिको मेला भर्न आज बिहानै देखी बुर्तिवाङ बसपार्कमा श्रद्धालेहरु सवारी साधन खोज्दै गरेको दृश्य देख्न सकिन्छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *