दिदी बहिनी सहकारीको छैठौ साधारण सभा सम्पन्न, अध्यक्षमा पुन: अधिकारी !

विमल नेपाली, खर्बाङ बागलुङ, २०७३ फागुन ८ । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुम्डाँडा- ७ खर्वाङको छैठौ साधारण सभा तथा दोश्रो अधिवेशन पुन: शान्ति अधिकारीको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गर्दै शनिबार सम्पन्न भएको छ ।

समितिको उपाध्यक्षमा विष्णुमाया अर्याल, सचिवमा विना थापा, सह सचिवमा राधिका खरेल, कोषाध्यक्षमा देउमाया राना, सदस्यहरुमा कलावती धिताल, उमा थापा, रुंमा वन, कल्पना परियार, भाविना बलामी, गिता पोखरेल, भगवती अर्याल र पुष्पा थापा रहेका छन् । त्यस्तै लेखा समितिमा चमेला अर्याल, अनु बुढाथोकी र तारा राना रहेका छन् ।

कार्यक्रममा दगातुम्डाँडा गाविस सचिव एवम अध्यक्ष गीता पौडेल, सञ्चार सहकारी संघ बागलुङका उपाध्यक्ष विष्णु भुषाल, नेपाली काङग्रेसका गन बहादुर श्रीस, नेकपा एमालेका रेम बहादुर भुजेल, धरातल अनलाईनका प्रधान सम्पादक एवं रेडियो सारथीका समाचार प्रमुख कमल पौडेल, नवप्रतिभा बचत तथा ऋण सहकारीका अध्यक्ष होमनाथ अर्याल, त्रिभुवन मावि खर्वाङका सहायक प्राचार्य कृष्णप्रसाख पोखरेल, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा संस्थाका सचिव विना थापाले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कोपिला अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम सहकारीका अध्यक्ष अधिकारीको अध्यक्षता, उपाध्यक्ष विना थापाको स्वागत एवम सचिव विना थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *