ताराखोलामा आयोजित एक दिने महिला सशक्तिकरण तालिम सम्पन्न !

पूर्णभद्र निउरे, ताराखोला २०७५ बैशाख १६ । ताराखोला गाउँपालिकाको आर्थिक सहयोग र महिला संजाल वडा न ४ को आयोजनामा १ दिने महिला सशक्तिकरण तालिम शनिवार वडा न ४ तारामा सम्पन्न भएको छ ।

ग्रामीण क्षेत्रका महिलाहरुको सामाजिक, आर्थिक जीवनस्तर सुधार गर्न तथा ब्याक्तित्व बिकासमा सहयोग पुर्याउनुका साथै महिला अधिकारका बारेमा जानकारी गराउने उदेश्यले आयोजना गरिएको उक्त तालिममा वडा न ४ का ६१ जना महिला हरुको सहभागिता रहेको थियो ।

तालिमको अबसर मा कानुनी सचेतना कार्यक्रम अन्तर्गत महिला अधिकार सम्बन्धी नियम कानुन न्याय सम्बन्धि ब्यबस्था , उद्घोषण कला, योजना सम्झौता र भुक्तानी प्रक्रिया तथा विविध बिषयमा तालिम प्रदान गरियको महिला संजाल की अध्यक्ष तुलमाया निउरे ले जानकारी गराएकी थिईन् ।

तालिम को सहजीकरण अधिबक्ता ममतादेबी शर्मा, ताराखोला गाउपालिका का अध्यक्ष प्रकाश घर्ती, उपाध्यक्ष दिल कुमारी पुन रोका, प्रमुख प्रशासकीय अधिकृत टोपलाल भुषाल र वडा न ४ का अध्यक्ष जित बहादुर खत्रीले गरेको आयोजकले जनाएका छ्न ।

तालिमको उद्घाटन कार्यक्रम महिला संजालकी अध्यक्ष तुलमाया निउरेको अध्यक्षता, सचिब याम कुमारी खत्रीको संचालन र सदस्य तुलमाया घर्तीको स्वागतमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *