नगरप्रमुख नेपालीव्दारा तमानखोला हिजामा खानेपानी योजना र सामुदायिक भवनको उद्घाटन

जनचेतना दलित सञ्जाललाई रु एक लाखका अक्षय कोष स्थापनागर्ने नेपालीको उद्घोष !

खेमराज अर्याल बुतिवाङ २०७५ बैशाख १५ । जनचेताना दलित सञ्जाल तमानखोला गाँउपालिका -१ हिजामा दलित समुदायको अगुवाइमा हिजाका ८० घरधुरी लाभान्वित हुने गरी निर्माण गरिएको खानेपानी आयोजना र सामुदायिक दलित सञ्जाल भवनको ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले उद्घाट्न गरेका छन् ।

उद्घाटन पछी बोल्दै प्रमुख अतिथि एवं नगरप्रमुख नेपालीले दलित समुदायको अधिक प्रयासले खानेपानी आयोजना बनाइएको र सामुदायिक भवन निर्माण गरेकोमा स्थानियको प्रशंंसा गर्दै गाँउगाँउको विकासका लागी संघिय संरचना अनुसार स्थानिय तह निर्माण गरिएकाले दलित समुदायले आफै जागरुक भएर आफ्ना अधिकारको प्रयोग गर्नुपर्ने बताए ।

आफु ढोरपाटन नगरपालिकाको नगरप्रमुख भएपनि आफुले सबैठाँउको विकासका लागी सहयोग गर्ने प्रतिवद्धता दोहोराएका थिए । नगरप्रमुख नेपालीले जनचेतना दलित सञ्जाललाई आफुले व्याक्तिगत रुपमै १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिने उद्घोष समेत गरेका छन् ।

सो ठाउमा रहेका खरको छाना भएका दलित घरपरीवार छनोट गर्न आग्रह गर्दै नगरप्रमुख नेपालीले दलित सञ्जालले छनोट गरेका ५ ओटा घर जस्तापाताले छाइदिने समेत उनले बताए । सोही अवसरमा पञ्चेवाजा समुह र आमासमुहलाई पनि नगरप्रमुख नेपालीले नगदसहित सम्मान गरेका थिए ।

कार्यक्रममा तमानखोला गाँउपालिका उपाध्यक्ष मानसरी शेरचन, कार्यकारी अधिकृत कमलप्रसाद गौतम लेखापाल याम वहादुर थापा तमानखोला काग्रेस सभापति खगेन्द्रमान पुन माओवादी केन्द्र अध्यक्ष देव वहादुर पुन वाइसियल इन्र्चाज नारायण सुनार उद्योग वाणिज्य संघ बुर्तिबाङ इकाई अध्यक्ष चिन्तामणि शर्मा लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

तमानखोलाको हिजामा देउसीभैलोबाट संकलित रकम ६१ हजार रुपैया सहयोगदाताबाट संकलित १ लाख १६ हजार रुपैया ६ लाख २५ हजार रुपैयाँ बराबरको जनश्रमदान गरी कुल ८ लाख २ हजार ५ सय रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।

यस्तै देउसीभैलोबाट संकलित ३५ हजार रुपैया दलित सञ्जालबाट ५० हजार रुपैया ५ लाख २५ हजार रुपैयाँ बराबरको जनश्रमदान गरी कुल ६ लाख १० हजारको लागतमा दलित सञ्जाल सामुदायिक भवन निर्माण गरीएको दलित सञ्जालले जनाएको छ ।

यसैविच हिजामा रहेको जनमोती प्राथमिक विद्यालयले ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीलाइ आज एक कार्यक्रम गरी सम्मान गरेको छ ।
ढोरपाटन नगरपालिकाको नगरप्रमुख भएरपनि तमानखोलाका विकट क्षेत्रमा पुगेरे जनताका इच्छाचाहाना बुझेको भन्दै विद्यालयले सम्मान गरेको जनाएको छ । नगरप्रमुख नेपालीलाई फुलमाला अविर लगाएर सम्मान गरिएको हो । सो अवसरमा नगरप्रमुख नेपालीले उक्त विद्यालयमा रु ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *