मोटर साइकल र स्कूटरको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षाको उद्घाटन !

बागलुङ २०७३ फागुन ८ । धौलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय बागलुङले लाइसेन्स परिक्षाको पहिलो चरणको प्रयोगात्मक परिक्षाको सांसद प्रकाश शर्मा पौडेलले शनिवार मोटर साइकल चलाएर उद्घाटन गरेका छन् ।

बानपा १ खनियाँघाटमा लिइएको प्रयोगात्मक परिक्षाको उद्घाटन पछी बोल्दै सांसद शर्माले लामो समयदेखि रोकिएको लाइसेन्स बितरण प्रक्रियालाई सुचारु गरेर कार्यालयले महत्वपूर्ण कार्य गरेको बताए ।

कार्यालयले मोटरसाइकल र स्कुटरका लागि लिइएको आवेदन र लिखित परिक्षा पास गरेकाहरुका लागि प्रयोगात्मक परिक्षा संचालन गरेको हो ।

गत माघ ८ र २६ गते लिइएको लिखित परिक्षावाट उर्तिण भएका ३ सय जनाको प्रयोगात्मक परिक्षा लिइएको कार्यालयका नायव सुव्वा रामप्रसाद शर्माले जानकारी दिए । अहिले सम्म ३ चरणको लिखित परिक्षा सम्पन्न भएको र १ चरणको मात्र प्रयोगात्मक परिक्षा संचालन भएको उनले बताए ।

लिखित परिक्षा अन्तरगत आइतवार बिहान ७ बजे देखि क र ख समुहको ५ सय ३१ देखि ६ सय ६० सम्मको र ११ गते ६ सय ६१ देखि ७ सय ९० सम्मको दर्ता समुहको लिखित परिक्षा हुने शर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *