खरका छाना हटाउने देश मै पहिलो गाउँपालिका छत्रदेव

प्रेम सुनार, गुल्मी २०७५ बैशाख १५ । छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका जनताको घरका छाना हटाएर टिनको छाना लगाई दिने देश कै पहिलो गाउँपालिकको ईतिहास रच्न सफल भएको छ ।

शुक्रवार देखि उसले छत्रदेव गाउँपालिका भित्रका कुल ३ सय ३४ वटा खरका छाना भएका जनताको घरमा जस्ता पाता वितरण गर्न सुरु गरेको छ ।

पहिलो दिन आज वडा नम्वर २ साविककाृ वलकोटबाट जस्ता पाता विरण सुृरु गरेको हो । गाउँपालिका प्रमुख लेदनाथ पोखरेल , प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ र वडाध्यक्षहरु सहितका जनप्रतिनीधीहरुले जस्ता पाता वितरण गरेका थिए ।

गाउँपालिका प्रमुख पोखरेलका अनुसार विद्युतीय खरिद प्रकृया अनुरुप सिधै हुलास जस्तापाता कम्पनीले १ करोड १९ लाख ९७ हजार रुपैयाँ वरावरको एकै नासको निलो रंगिन , छत्रदेव गाउँपालिका अंकित छाप, ४६ एमएमको ९ फुटे जस्तापाता उपलव्ध गराएको थियो ।

प्रति घरधुरी ३.२७ वण्डलका दरले वितरण गर्न सुरु गरिएको छ । गाउँपालिका प्रमुख पोखरेलले राष्ट्रिय तथ्याङक विभागले देशका ४ सय ६० गाउँपालिका र २ सय ९३ नगरपालिका खरको छाना रहित कुनै एउटा पनि स्थानिय तह नभएको पाएको बताए ।

ती मध्ये सवै भन्दा पहिला जस्ता पाता वितरण गर्ने पहिलो स्थानिय तह छत्रदेव गाउँपालिका हुन सफल भएकोमा आफुहरु गर्वित भएको पोखरेलको भनाई छ ।

त्यस गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थका अनुसार ३ सय ३४ घरधुरी मध्ये घरका छाना हुनेहरुमा बढि मात्रमा जनजाती समुदाय रहेका छन् ।

दलित ६६ घरधुरी , जनजाती १ सय ६८ घरधुरी, व्राम्हण ६७ घरधुरी , क्षेत्री २० घरधुरी र मुस्लीम ३ घरधुरी रहेको पन्थले जानकारी दिए ।
जनप्रतिनीधीहरुले गत असार १९ गतेका दिन कार्यभार सम्हाल्ने दिने खरका छाना विस्थापित गर्ने घोषणा गरे अनुरुप आफुहरुको उक्त प्रतिवद्धत्ता पुरा गर्न सफल भईएको गाउँपालिका प्रमुख पोखरेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *