माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा आजदेखि सुरु, गल्कोटका ६ सय परीक्षार्थी सहभागी !

घनश्याम गौतम, गल्कोट २०७५ बैशाख १४ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न हुनेछ । परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

शिक्षा ऐनको आठौँ संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तनपछि पहिलो पटक भएको सो परीक्षालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् एसएलसिई परीक्षासमेत भनिएको छ ।

विगतका वर्षमा कक्षा १० मा सञ्चालन हुँदै आएको माध्यमिक शिक्षाको अन्तिम परीक्षा अर्थात् ‘एसएलसी’ ऐन संशोधन भएसँगै यस वर्षदेखि कक्षा १२ मा भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा १२ को परीक्षालाई नै एसएलसीई परीक्षाका रुपमा पहिलो पटक सञ्चालन गरिएको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए । गल्कोटमा २ ओटा परीक्षा केन्द्रबाट ६ सय २६ जना परीक्षार्थीले परिक्षा दिएका छन् । गल्कोटमा पृथ्बी माध्यमिक बिद्यालय परिक्षा केन्द्र हरीचौरबाट गल्कोट माध्यमिक बिद्यालय हटिया, न्युलाईफ बोर्डिङ स्कुल हरिचौर, नेपाल माध्यमिक बिद्यालय तारा र पाण्डबखानी माध्यमिक बिद्यालय पाण्डबखानी गरि ४ बिद्यालयका ३ सय ५० बिद्यार्थीले परिक्षा दिएका छन् ।

आज पहिलो दिन २ छात्रा १ छात्रा गरि ३ जना परीक्षार्थी अनुपस्थित रहेको केन्दाध्यक्ष शेरबहादुर थापाले बताए । थापाका अनुसार पृथ्बी माध्यमिक बिद्यालय परिक्षा केन्द्रमा २ सय २५ छात्रा तथा १ सय २२ छात्र रहेका छन् ।

त्यस्तै गलकोट माध्यमिक बिद्यालय हटिया परिक्षा केन्द्रमा पृथ्बी माध्यमिक बिद्यालय हरिचौर, महेन्द्र माध्यमिक बिद्यालय नरेठाटी, सरस्वती माध्यमिक बिद्यालय दुदिलाभाटी, चौराह माध्यमिक बिद्यालय दुदिलाभाटी जनजागृति माध्यमिक बिद्यालय काडेबास, शिब माध्यमिक बिद्यालय राजबगर तथा हरि माद्यामिक बिद्यालय हिल गरि ७ बिद्यालयका २ सय ७९ बिद्यार्थीले परिक्षा दिएका छन् ।

आज पहिलो दिनको परिक्षामा ५ छात्रा ३ छात्र गरि ८ जना परिक्षार्थी अनुस्थित रहेको केन्दाध्यक्ष नबराज गौतमले जनाकारी दिए । यस केन्द्रमा १ सय ६१ जना छात्रा तथा १ सय १८ जना छात्र रहेका छन् ।

आजको परिक्षा मर्यादित तथा अनुसासित तबरले सम्पन्न भएकोे बताइएको छ । परीक्षा सम्पन्न भएको ९० दिनभित्रै नतिजा सार्वजनिक गरिने बताइएको छ । परीक्षामा मोबाइल फोन लैजान निषेध गरिएको, सूचना आदानप्रदान गर्न परीक्षा कन्ट्रोल रुमको व्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्तःमनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको, कारागार वा बालसुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

परीक्षामा अमर्यादित काम गरेको पाइएमा छ महिना कैद र एक लाखसम्म जरिवाना गरिने भएको राष्टिय परिक्षा बोडले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *