निर्माण ब्यबसायी संघ गल्कोटको अध्यक्षमा भण्डारी चयन

घनश्याम गौतम गल्कोट २०७५ बैशाख १४ । निर्माण ब्यबसायीहरुको भेलाले निर्माण ब्यबसायी संघ गल्कोटको गठन गरेको छ । गल्कोट नगरपालिका बडा नम्बर ३ हटियामा सम्पन्न भेलाले योगेश भण्डारीको अध्यक्षतामा ७ सदस्यीय निर्माण ब्यबसायी संघको तदर्थ समितिको गठन गरेको हो ।

समितिको उपाध्यक्ष मञ्जु शर्मा चालिसे सचिव वीरजंग भण्डारी, कोषाध्यक्ष कृष्ण अधिकारी सदस्यहरुमा देबराज पाठक राजु, कल्पना थापा, नरमायाँ भण्डारी चयन भएका छन् ।
नव गठिन समितिले गल्कोटमा रहेका निर्माण ब्यबसायीलाई संगठित गरि ब्यबस्थित रुपमा निर्माण कार्य सञ्चालन गर्ने बताइएको छ ।

भेलाले तदर्थ समितिलाई सस्थाको बिधान तयार पारि दर्ता गर्ने, सस्थाको कार्यालय गल्कोट नगरपालिका बडा नम्बर ३ हटियामा राख्ने लगाएतका जिम्मेबारी प्रदान गरेको नबगठित संघका अध्यक्ष भण्डारीले जनाकारी दिए ।

गल्कोटमा पछिल्लो समयमा अत्याधिक रुपमा भएको निर्माणका कार्यलाई प्रभाबकारी तथा ब्यबस्थित रुपमा सञ्चालन गर्ने उद्देश्यले निर्माण ब्यबसायि सघंको गठन गरिएको सघंकी उपाध्यक्ष मञ्जु शर्मा चालीसेले जनाकारी दिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *