गंगा प्राविको ११ औँ बार्षिकोत्सबमा दुई लाख रकम सहयोग !

छबिलाल पाण्डे बुर्तिबाङ २०७३ फागुन ७ । गँगा प्राथमिक बिधालय बुर्तिबाङ खप्तरीबाङको शनिबार ११ बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धने कुमालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कृष्ण कान्त आर्चाय ,समाजसेवी तुल्सिराम अर्याल उत्तरगँगा माविका प्रअ धन बहादुर कुवँर, जनजागृति आधारभुत बिधालयका प्रअ सिवलाल सुबेदी, ईलाका हुलाक कार्यालयका प्रमुख बिशबहादुर बुढा , चन्दादाता धनसरी कँडेल लगाएतको शुभकामना मन्तब्य व्यक्त गरेका थिए । त्यस्तै बिधालयका प्रअ कोपिला केसी कुवँर द्धारा आर्थिक बर्ष २०७२÷७३ को आर्थिक आयब्यबय, र शैक्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन । शिक्षिका दिलमाया पौविको स्वागत मन्तब्य दिएकी थिईन् ।

ुसो अवसरमा समाजसेवी तुल्सिराम अर्यालद्धारा एक लाख अक्ष्यकोष सञ्चालनका निम्ती र पाँच हजार नगद आर्थिक सहयोग गरेका थिए भने धनसरी कँडेलले ६ हजार पाँच सय , ईन्द्रमान शेरचनद्धारा ५ हजार, लील बहादुर बिकद्धारा ५ हजार ५०, बोम बहादुर कुमाल द्धारा ५ हजार पाँच सय, पुर्ण बहादुर बिकद्धारा स्वर्गिय छोराको सम्झनामा १० हजार १ सय २५ र आफनो नाममा ५ हजार पाँच सय, गोपाल कुमाल द्धारा १० हजार, जसिकला कुमाल द्धारा ५ हजार पाँच सय, सुनीता कुमाल र खगिसरा कुमाल द्धारा दुई हजार पाँच सय, सञ्जना कुमाल द्धारा पाँच हजार , बागदेउ बिक द्धारा पाँच हजार , नर बहादुर कुमाल द्धारा पाँच हजार पाँच सहयोग प्राप्त भएको थियो । कार्यक्रम तुलिस घर्ति कुमाल र यमुना कुमालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *