जापानस्थित नेपालीका समस्या लिएर एसियन ह्युमन राइट्सले श्रममन्त्रीलाई ज्ञापन बुझायो

रिष्मेली मेघराज, काठमाडौँ, २०७५ बैशाख १४ । जापानस्थित नेपाली मजदुरहरुका समस्यालाई लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई ज्ञापन बुझाइएको छ । एसियन ह्युमन राइट्सको एक प्रतिनिधि मण्डल मार्फत् २०७५ वैशाख १४ गते सो ज्ञापन बुझाइएको हो ।

जापान र नेपालका बीचमा श्रम सम्झौता नभएको मौका छोपेर विचौलियाहरुले १० देखि १८ लाखसम्म लिने गरिएको, तर जापानमा पुगिसकेपछि सोही अनुसारका तलब नपाउँदा आत्महत्याको क्रम बढ्दै गएको विषय ज्ञापनमा उठाएको छ ।

ज्ञापनमा यस प्रकारको गैरकानुनी कार्यलाई मानव तष्करीको सङ्ज्ञा दिदै त्यसलाई यथाशीघ्र कानुनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको छ । त्यसका लागि पाँच बुँदे सुझाव समेत प्रस्तुत गरिएको छ । संस्थाका कार्यकारी निर्देशक सिद्धिचन्द्र बरालको नेतृत्वमा श्रीकृष्ण अधिकारी, मान बहादुर थापा, टेक नारायण सापकोटा, एकलाल न्यौपाने र धर्मेन्द्र यादव सहितको सो टोलीसित कुराकानी गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा विद्यमान बेथितिका बारेमा आफू जानकार भएको र त्यसलाई निवारण गर्न गम्भीर र दु्त गतिमा काम भइरहेको बताए। उनले आगामी दुई÷तीन महिनाभित्र परिणाम देखिने गरी काम भइरहेको पनि दावी गरे।

ज्ञापन पत्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *