अमर क्याम्पसको नयाँ भवन निर्माणमा पूर्ण सहयोग गर्ने अध्यक्ष थापाको प्रतिवद्धता

भरत सापकोटा, बागलुङ २०७५ बैशाख १४ । काठेखोला गाउँपालिक ५ बिहुँकोट स्थित बिहुँ पोखरामा सन्चालित अमर क्याम्पसको नयाँ भवनको शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष अमर थापा र बरिष्ठ चन्दादाता श्यामसुन्दर रिजाल दुबै जनाले बैदिक बिधिपूर्वक पुजा अर्चना गरि शिलान्यास गरिएको हो ।

२०६८ सालमा स्थापना गरिएको अमर क्याम्पस सामुदायिक भवनमा संन्चालन भईरहेको छ । क्याम्पस सन्चालनको लागि गत २०७३ पौष देखि महायज्ञ संचालन गरि रु ३ करोड ७ लाख संकल भएपनि २ करोड ७० लाख बचत रहेको क्याम्पस प्रमुख केशव कडेंलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष थापाले गाउँपालिको तर्फबाट अमर क्याम्पसको भवन निर्माण गर्न पुर्ण सहयोग रहने बताउदै भवनको लागत स्टमेट उपलब्ध गराउन आग्रह गरेका थिए । थापाले सरकारले गर्नुपर्ने काम जनताले गर्नु गर्व को बिषय रहेको बताउदै बह्मलीन स्वामीको पुण्य भुमि भएकाले उहाँको आशिर्वादले यस क्षेत्रका सबै कामहरु सफल हुनेमा कुनै शंका नरहेको बताए।

कार्यक्रममा विशिष्ट अतिथि एवं बरिष्ठ चन्दादाता श्याम सुन्दर रिजाल, वडा अध्यक्ष शिव कडेंललेबोले का थिए। क्याम्पस सन्चालक समितिका सदस्य लिलाधर कडेंलले स्वागत गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गौरिशंकर सुवेदी र संन्चालन क्याम्पस प्रमुख केशव कडेंलले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *