निसीखोलाको झिम्पा हुँदै ढोरपाटन सडक निर्माण सुरु

डम्मर बुढा मगर, बुर्तिबाङ २०७५ बैशाख १४ । निसीखोला गाउँपालिका-४ झिम्पा हुँदै ढोरपाटन शिकार आरक्ष रहेको पर्यटकीय स्थल ढोरपाटन जोड्ने सडकको निर्माण कार्य सुरु भएको छ ।

निसीखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ को लागि विनियोजन गरेको बजेटले उक्त सडक निर्माण गर्न लागेको निसीखोला गाउँपालिका-४ का अध्यक्ष टिकानिधी पौडेलले जानकारी दिए ।

सुरुमा ७ लाख बराबरको रकमले निर्माण कार्यको थालनी गरि झिम्पा गाउँसम्म सडक पुराउने र आगामी वर्षहरुको बजेटले सडक निर्माण कार्यलाई ढोरपाटन सम्म पुराउने समितिका अध्यक्ष रामप्रसाद पौडेलले बताए ।

गाउँ सडक संजालसँग जोडिन थाले पछि झिम्पाका स्थानीयहरु हर्षित भएका छन् । गाउँमा सडक पुगे पछि कृषि, पशुपालन, पर्यटन प्रबर्द्धन तथा अन्य व्यवसाय गर्न सहज हुने, बिरामीलाई एम्बुलेन्स मार्फत समयमै अस्पताल पुराउन सकिने , ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ र जडिबुटी सहजताका साथ निसीखोलामा ल्याउन र बिक्री वितरण गर्न अनुकुल हुने स्थानीय शिक्षक रिमप्रसाद पौडेलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *