जिससको अन्तरक्रियामा सांसदहरुले भने, ‘राष्ट्रिय गौरबका आयोजनालाई बिशेष प्राथमिकता दिन्छौँ !’

कोपिला कंडेल, बागलुङ २०७५ बैशाख १४ । जिल्ला समन्वय समिति बागलुङले बिहीवार आयोजना गरेको जिल्लाको पुर्बाधार एबं समग्र क्षेत्रको बिकासका सम्बन्धमा सांसद र जननिर्वाचित प्रतिनिधी बिचको अन्तरक्रिया कार्यक्रमका सन्दर्भमा सांसदहरुले राष्ट्रिय गौरबका आयोजनालाई बिशेष प्राथमिकता दिनुपर्ने बताए ।

बागलुङ जिल्लाबाट निर्वाचित एबं समानुपातिक सांसदहरुले संबिधानले दिएको अधिकार भित्र रहेर बिकास निर्माणका काम गर्ने प्रतिबद्धता जनाए ।

जिल्लाको क्षेत्र नं १ र २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्यहरु डा सूर्य पाठक तथा देबेन्द्र पौडेल, समानुपाति प्रतिनिधनी सभा सदस्य मन कुमारी केसी र प्रदेश सांसद कोपिला बोहोराले जिल्लामा उठेका बिकास निर्माणका सवाललाई प्रतिनिधी र प्रदेश सभामा प्रस्तुत गर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले जिल्लाका बिकास निर्माण सम्बन्धी एक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि जिल्ला स्थित सबै नगर तथा गाउपालिकाका प्रमुख उपप्रमुख लगायत बिभिन्न सघंसंस्था र पत्रकार लगायतले टिप्पणी गरेका थिए ।

सो अवसरमा सहभागीले कृषि पर्यटन शैक्षिक एबं सामाजिक बिकासका लागि राष्ट्रिय गौरबका आयोजना पुरा गर्न तर्फ सबै लाग्नुपर्ने सुझाएका थिए ।उनिहरुले गाउं तथा नगरमा प्राबिधीक शिक्षालय, जिल्लामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकासका लागि पुर्वाधान तयार गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यपत्र माथि सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, नेकपा एमालेका जिल्ला सचिव लाल बहादुर थापा, नेपाली कांग्रेसका सचिव नवराज पौडेल, नेकपा माओबादी केन्द्रका अनिल गैरे, राष्ट्रिय जनमोर्चाका धर्म कुवर बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, उपप्रमुख सुरेन्द्र खड्का, जैमुनी नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेल, उपप्रमुख लिला राना, गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे, ढोरपाटन नगरपालिकाका प्रमुख देब कुमार नेपाली, काठेखोला गाउंपालिकाका प्रमुख अमर बहादुर थापा, बडीगाड गाउंपालिकाका प्रमुख मेहर सिहं पाईजा, निसीखोला गाउंपालिकाका प्रमुख तारानाथ पौडेल, ताराखोला गाउंपालिकाका प्रमुख प्रकाश घर्ती, तमानखोला गाउंपालिकाका प्रमुख जोकलाल बुढा, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, उद्योग बाणिज्य सघं बुर्तिबाङ ईकाइका अध्यक्ष चिन्तामणी शर्मा, पत्रकार प्रकाश बराल, कमल पौडेल लगायतले आआफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख ढुङ्गानाको अध्यक्षता, उपप्रमुख बिष्णु भुसालको स्वागत मन्तब्य र बरिष्ठ सामाजिक बिकास अधिकृत भेषराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *