जागरण युवा क्लबव्दारा ढोनपा र निसीखोलाका बिपन्न बिद्यार्थीलाई ड्रेस र स्टेशनरी वितरण

सुमन सुनार, बुर्तिवाङ २०७५ बैशाख १३ । शिक्षा, स्वास्थ्य,वातावरण र सँँञ्चार क्षेत्रको पहुचमा नभएका मानिसहरुलाई जागरणमा ल्याउने उद्देश्यका साथ स्थापना भएको जागरण युवा क्लबले आज ढोरपाटन नगरपालिका र निसीखोला गाँउपालिकाका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई ड्रेस सहित स्टेशनरी सामाग्री वितरण गरेको छ ।

क्लवका सह–सचिव राजु विश्वकर्माले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिकामा ४ वटा विद्यालय र निसीखोला गाँउपालिकामा ३ वटा विद्यालयका विद्यार्थीलाई ड्रेस सहित स्टेशनरी सामाग्री वितरण गरिएको हो । जस अनुसार ढोरपाटन नगरपालिका वडा नं. ५ स्थित भुजी माध्यमिक विद्यालय अधिकारीचौरमा १ जना, वडा नं. ५ कै नाथुरी स्थित सरस्वती माध्यमिक विद्यालयमा २ जना र वडा नं. ६ गादीखोला स्थी्ति विद्या विकास माध्यमिक विद्यालयमा १ जना गरि ४ जना विद्यार्थीलाई ड्रेस र स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

यस्तै निसीखोला गाँउपालिकामा भने वडा नं. २ का ३ विद्यालयका विद्यार्थीलाई वितरण गरिएको छ । जस अनुसार अर्नाकोट आधारभुत विद्यालय, जनहित आधारभुत विद्यालय र रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयका १÷१ जना गरि ३ जना विद्यार्थीलाई वितरण गरिएको सह–सचिव विश्वकर्माले बताउनुभयो । ड्रेस र स्टेशनरी सामाग्री क्लवका सदस्यहरु विद्यालयमै पुगेर विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

ढोरपाटन नगरपालिका र निसीखोला गाँउपालिकाका ७ जना विद्यार्थीका लागी करिव ८ हजार बराबरको ड्रेस सहित स्टेशनरी सामाग्री वितरण गरिएको सह–सचिव विश्वकर्माको भनाई छ । क्लवको यहि बैशाख ८ गते बसेको बैठकले यस क्षेत्रका १० जना गरिव तथा विपन्न परिवारका जेहेन्दार १० विद्याथीलार्र्ई ड्रेस र स्टेशनरी सामाग्री वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार ७ जना विद्यार्थीलाई वितरण गरिएको र अन्य विद्यालयका ३ जना विद्यार्थीलाई वितरण गर्न बाँकी रहेको विश्वकर्माले बताए ।

ढोरपाटन नगरपालिका, निसीखोला गाँउपालिका, तमानखोला गाँउपालिका र बडीगाड गाँउपालिकालाई कार्यक्षत्र बनाई २०७३ सालमा स्थापना भएको यस क्लवले समाजिक कार्यहरुमा निकै सक्रिय भुमिका निर्वाह गर्दै आएको छ ।

२०७३ सालमा ५ जना र २०७४ सालमा ४ जना गरि ९ जना गरिब बिपन्न बिद्यार्थी छनोट गरि उत्तरगंगा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीको बिद्यालयमा लाग्ने सम्पुर्ण खर्च व्यहोरी पढाईरहेको छ ।

यसरी समाजिक क्षेत्रमा लगानि गर्नको लागि भने देउसी भैलो कार्यक्रमबाट संकलित रकम सहयोगी भावना भएका ब्यतिहरुबाट जम्मा भएको रकम संकलन् गरि सामाजिक काममा लागानि गरेको क्लबका सचिव झम सिर्पालीले बताए ।
तस्वीर–झम सीर्पाली ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *