प्रवास : फुजेराको नयाँ वर्ष २०७५ बिशेष सांगीतिक कार्यक्रमका लागि कलाकार युएई उत्रिए !

डिल्ली हुमागाई, युएई २०७५ बैशकाख १३ । फुजेराको नयाँ वर्ष २०७५ बिशेष सांगीतिक कार्यक्रमका लागि कलाकारहरु युएई उत्रिएका छन् । कलाकार शिव परियार, पूर्णकला र सलोनको उपस्थितिमा हुने कार्यक्रमको भव्य तयारी सम्पन्न भएको आयोजकले जानकारी दिएका छन् ।

नेपाली नयाँ वर्षको उपलक्ष्यमा फुजेरामा भोलि २७ अप्रिलमा आयोजना गरिएको भब्य सांगीतिक कार्यक्रमका लागि कलाकारहरु युएई उत्रिसकेका छन् । फुजेरामा क्रियाशील सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक शिव परियार, लोकगायिका पूर्णकला बिसि र नायक सलोन बस्नेतलाई २६ अप्रिल बिहिवार सारजहाँएयरपोर्टमा आयोजक समुहले स्वागत गरेका छन् ।

आयोजक समितिबाट उत्तम थापा, सुजन सापकोटा, सेर सुनार, झपिन्द्र बस्याल र मेघराज कंडेलले नेपालबाट आमन्त्रित कलाकारहरुलाई स्वागत गरेका थिए ।

अप्रिल २७ तारिख शुक्रबार फुजेराको सिटि सेन्टर छेउको हलिफात एरियामा रहेको सुविधासप्पन्न सरकारी स्वामित्वमा संचालित मिडिया हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा युएईको नेपालबाट आमन्त्रित कलाकारहरुको जोडदार प्रस्तुति रहने आयोजकहरुले दाबी गरेका छन् ।

लामो समयदेखि फुजेरामा कुनै भब्य कार्यक्रम नभई रहेको परिप्रेक्ष्यमा शिव परियार लगायतका कलाकारको उपस्थितिमा कार्यक्रम आयोजना गर्न फुजेरामा रहेका सक्रिय सामाजिक संघसंस्थाहरु र सामाजिक अभियन्ताहरु एकै मञ्चमा उभिएर प्रवासी भुमिमा एकता, सहयोग र सहकार्यको भावनालाई उदाहरणकाका रुपमा प्रस्तुत गर्ने आयोजकहरुले बताएका छन् । फुजेरामा रहेको नमस्ते रेस्टुरेन्ट मुख्य प्रायोजकको रुपमा रहेको र सह( प्रायोजकहरुमा सिल्भर स्पून रेस्टुरेन्ट, अल बर्दी क्याफटेरिया र नासर लेडिज सैलुन रहेका छन् ।

यसैगरि कुक कनेट रेस्टुरेन्ट अजमान, काठमाडौं दरवार रेस्टुरेन्ट अजमान, अन्नपूर्ण ट्राभल अलएन, एभरेस्ट रेस्टुरेन्ट एन्ड गृल बार बर दुबई, जिडिसि ग्रुप अफ कम्पनी दुबई, रोयल डिस्कभरी स्पोर्ट्स एलएलसी दुबई, हिमाल रेमिट,युएई एक्सचेञ्ज, सेन्चुरी रेमिट, सिटि एक्स्प्रेस रेमिटेन्स, तेवर फेसन नेपाली टेलर्स वर दुबई, याच इन्टरनेटरनेसनल, हट सिक्स इनर्जी, केबिएस इन्टरनेटरनेसनल लगायतका व्यावसायिक संस्थाहरुले सह प्रायोजन गरेका छन् ।

युएईको नेपाली समुदायमा सकृय सामाजिक संस्थाहरु एनआरएन, प्रवासी नेपाली मंच, जनसम्पर्क समिति, पाल्पाली समाज र झापाली समाज, स्याङ्जा सहयोग समाज, अर्घाखाँची सम्पर्क समिति र नेपाल मगर समाज युएईका फुजेरा क्षेत्रीय समितिहरुको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम उदाहरणीय, सफल र पुर्ण मनोरञ्जनात्मक हुने दाबी आयोजकको छ ।

संयुक्त कार्यक्रमलाई सफल बनाउन र हर्ष र उल्लासमय वातावरणमा नयाँ वर्षलाई स्वागत गर्न युएईवासी सबै नेपालीहरुलाई आयोजकहरुले आग्रह गरेका छन् । सबै संस्थाहरु मिलेर अगाडि जानुलाई नेपाली नयाँ वर्ष २०७५ को एक उदाहरणीय प्रयास मानिएको यस कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक उत्तम थापाले जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *