भूकम्प पीडितको लगत संकलन गर्न इन्जियिनर गाउँगाउँ जाँदै !

महेन्द्र केसी पर्वत २०७३ पुस १८ । अघिल्लो बर्षको विनाशकारी भूकम्पले क्षति पुगेका घर तथा अन्य संरचनाको अन्तिम लागत र क्षतिको विवरण तयार पारेर पीडितलाइ क्षतिपूर्ति दिइने भएको छ ।

भूकम्पले क्षति पु-याएको लगत्तै सबै पीडितको घरघरमा पुगेर ५ हजार रुपैयाँका दरले राहत रकम वितरण भैसकेपनि पुनः निर्माण कार्यक्रमलाइ सहयोग गर्न यो काम थालिएको हो ।

जिल्ला तहमा लागत संकलन तथा व्यवस्थापन सम्बन्धी कार्यलय खडा गरेर लागत संकलनको काम थालिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला समन्वय समितिले पनि यो अभियानलाइ सहयोग गर्दै आएको छ ।

जिल्ला लागत संकलन तथा व्यवस्थापन कार्यालयले गाविस सचिव मार्फत आएका उजुरी संकलन गर्दा पर्वतमा ११ हजार २०९ घरपरिवार पीडित रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । केहि दिनमानै राष्ट्रिय पुनः निर्माण प्राधिकरणबाट खटिएर आउने इन्जिनियरले पुनः घरघरमा पुगेर क्षतिको विवरण र मात्रा अध्ययन गरेर समितिलाइ सिफारिस गर्ने शिव श्रेष्ठले जानकारी दिए ।

उनका अुनसार जिल्लामा २९ जना इन्जिनियर खटिनेछन् भने उनका साथमा एकएक परिचालिका समेत रहनेछन् । ४५ दिनभित्र गाउँमा घरघरमा पुगेर तथ्याङ्क संकलन गरी कार्यालयमा बुझाउनुपर्ने उनले बताए ।

एक जना इन्जिनियरले जिल्लामा ४५ दिनमा लगत उठाउनेछन् । प्रति इन्जिनियर ४०८ घर रहने र दिनमा ८ देखि १० घरको तथ्याङ्क संकलन गरी पेश गर्नुपर्नेछ । भूकम्पले अति प्रभावित १४ बाहेक कम प्रभावित १७ जिल्लामा ढीलागरी लागत संकलनको काम शुरु भएको हो । पुनः निर्माण प्राधिकरणबाट आउने इन्जिनियरहरुले भेरिफिकेसन मोडलमा लागत संकलन गर्ने भएका हुन् ।सूचनाहरुलाइ सम्बन्धीत घरको चारै मोहडा, घर भित्र र क्षति भएको स्थानको फोटो, घरधनीको फोटो, नागरिकताको प्रमाणपत्र र पहिले पाएको परिचयपत्र समेत राखेर रुजु गरिने छ । यसरी पठाएको पिडितले प्राधिकरणले उपलब्ध गराउने राहत रकम पाउने व्यवस्था छ । प्राविधिकले यो काम २ महिलना भित्र सक्नेछन् । पीडितले बनाइसकेको भएपनि मापदण्ड पुगेर बनाइएका भवनलाइ राहत उपलब्ध गराउने सरकारी निर्णय छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *