बेस्सरी घट्यो शिकारको दाम : १३ लाखको झारल सवा लाख, नाउरको दाम ११ लाखबाट घटेर डेढ लाख !

डम्मर बुढा मगर, ढोरपाटन (बागलुङ) २०७५ बैशाख १३ । ढोरपाटन शिकार आरक्षमा गत वर्ष २०७४ सालको चैत महिनामा सुरु भएको दोश्रो सिजनको शिकारमा बिदेशी शिकारी टोलीहरुले अहिले सम्म ९ नाउर र ५ झारलको शिकार गरिसकेका छन् । सरकारले दिएको अनुमति अनुसार अब एक नाउर र एक झारलको शिकार गर्न बाँकी रहेको शिकार आरक्षले जनाएको छ । तर दोश्रो सिजनको शिकार शिकारी टोलीहरुले २०७४ फागुन देखी २०७५ बैशाख १५ सम्म तोकेकोले भोलि सम्ममा शिकार गरिसक्नु पर्नेछ ।

प्रत्यक सिजनका लागि नाउर र झारलको शिकार गरेबापत लिईने राजश्व सरकारले टेण्डरको आधारमा तय गर्ने हुनाले सिजनै पिच्छे नाउर र झारलको मुल्य तलमाथी हुने गर्छ । यस सिजनमा नाउर र झारलको शिकार मुल्य एक दमै कम रहेको आरक्षले जनाएको छ ।

शिकार आरक्षले दिएको जानकारी अनुसार गत सालको यसै सिजनमा एक झारल शिकार गरे बापत शिकारी टोलीले सरकारलाई रु १३ लाख र नाउरको रु ११ लाख राजश्व लिएको थियो । यस सिजनमा भने प्रतिष्पर्धी शिकारी टीमहरु कम भएकाले नाउर र झारलको राजश्व एकदमै कम कायम गरिएको छ । आरक्षका अनुसार यस सिजनमा एक झारलको शिकार गरे बापत रु १ लाख ११ हजार र एक नाउरको शिकार गरेबापत रु १ लाख ५१ हजार राजश्व कायम भएको छ ।

यस सिजनमा ट्रयाक्स एण्ड ट्रेडर्स प्रालि कालिमाटी, ग्लोबल सफारिज काठमाडौँ, हिमालयन सफारिज नक्साल काठमाण्डौं र नेपाल वाइल्ड लाईफ ठमेल काठमाडौा मार्फत शिकार िटोलीहरु ढोरपाटन शिकार आरक्षमा आएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *