कलाकार मदन अधिकारी आकाशको मौलिक ठट्यौली रोइला सार्वजानिक

निर्मल पौडेल पर्वत २०७५ वैशाख १३ । रोइला दोहोरी गायक मदन अधिकारी आकाशले मौलिक रोइला ठट्यौली गीत वजारमा ल्याएका छन् । देख्दैमा चट्ट हँसिला फरासिला आकाशले यसै साता “सुख छैन केहि गरी ” नामक एल्वम् वजारमा ल्याएका हुन ।

गहकिला मनछुने शव्दहरुलाई प्रेमिल भावमा सिर्जना गरेका आकाशले मनमोहक लय त सिर्जना गरेका छन् नै जादुमय आवाज पनि आँफैले दिएका छन् ।
त्यस्तै आकाशसँग घम्साघम्सी जुहारी गर्दै सुमधुर स्वरकी धनि गायिका पुजा अधिकारीले साथ दिएकी छन् । डिजिटल स्टार प्रा.लि.ले युट्युव मार्फत सार्वजानिक गरेको गीतमा चर्चित मोडल सविना क्षेत्री र राजु गरुङले अभिनय गरेका छन् ।

व्यस्त निर्देशक शिव भुर्तेलले निर्देशन रहेको गीतमा गणेश सापकोटा ले छायाङ्कन गरेका छन । पर्यटकिय स्थल आकाशकै जन्मभुमि कुस्मा नगरपालिकाको ज्ञादिमा छायाङ्कन गरिएको गितलाई धेरै दर्शक स्रोताहरुले मन पराउने अपेक्षा गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *