प्रकाश र गीताको ‘मन परेको फूल’ बजारमा (भिडियो सहित)

हरि दुलाल , युएई २०७५ बैशाख १३ । गायक प्रकाश पुरी र गायिका गीता देवीको आवाजमा नयाँ लोकदोहोरी गीत मन परेको फूल बजारमा आएको छ ।

निरूता केसी र रन्जना अधिकारीको संयुक्त गीति एल्बम मनपरेको फूलमा शब्द महेश नेपालको लय स्वयंम गायक प्रकाश पुरीको रहेको छ । प्रतिभा म्यूजिकले बजार व्यवस्थापन गरेको गीतको म्यूजिक भिडियोमा संजीव ठकुरी र एलीसा देउजालेको अभिनय रहेको छ भने गीतको भिडियोलाई संजीव ठकुरीले निर्देशन गरेका हुन् । लोकगीतको भिडमा आफूहरूले मौलिक काँठे लोकभाका पस्कने प्रयास गरेको गायक पुरीले बताए ।

मन परेको फूललाई आम दर्शक स्रोताले भने कतिको मन पराउने हुन् त्यो भने हेर्न बाँकी नै छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *