गल्कोट हटियामा आयाजित निशुल्क स्क्रीनिंग क्याम्पमा १ सय ४२ जनाको उपचार !

घनश्याम गौतम, गल्कोट २०७५ बैशाख १२ । पाठेघर सम्बन्धी रोगको निशुल्क स्क्रीनिंग क्याम्प आज हटियामा सम्पन्न भएको छ । गल्कोट नगरपालिकाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङको सहयोग तथा हटिया स्वास्थ्य चौकीको पुर्ण ब्यबस्थापनमा आज निशुल्क क्याम्प हटिया स्बास्थ्य चौकीमा सम्पन्न भएको छ ।

पाठेघर सम्बन्धी रोगको निशुल्क स्क्रीनिंग क्याम्पबाट १४२ जनाले सेबा लिएको स्बास्थ्य चौकीले जनाएको छ । पाठेघरमा क्यान्सर छ वा छैन् भनी ९ जनाले गराएको भी आई ए टेष्ट बाट १ जनामा सामान्य सक्रमंण देखीएकोले पोखरा रिफर गरिएको छ ।

आङ खस्ने रोगका बिरामाी १० जनालाई रिङ पेसरी लगाई उपचार गरिएको, पाठेघरको मुखमा मासु पलाएको १ जना तथा पाठेघरको मुखमा समस्या भएका २ जनलाई रिफर गरिएको स्बास्थ्य चौकीले जनाएको छ । अन्य बिरामीको सामान्य समस्या रहेकोले उक्त क्याम्पमै उपचार गरिएको बताईएको छ ।

क्याम्पमा धौलागिरी अञ्चल अस्पताल बागलुङकी डाक्टर प्रनिता राजभण्डारी जिल्ला जनस्बास्थ्य कार्यालय बागलुङका पब्लिक हेल्थ असिस्टेन हरिकाँशी चालिसे धौलागिरी अस्पताल बागलुङकी सिनियर अनमि मिना कुमारी गौतम गल्कोट नगरपालिकाका स्बास्थ्य शाखा प्रमुख मिनराज गरै लगाएतले सेवा प्रवाह गरेका थिए ।

निशुल्क स्कृनिङ क्याम्प सञ्चालन गर्न सुआहारा मेरी स्टप, दुदिलाभाटी स्बास्थ्य चौकी र नरेठाँटी स्बास्थ्य चौकीले समेत सहयोग गरेको स्बाथ्य चौकी हटियाका हेल्थ असिस्टेन्ट दिलु सुबेदीले जनाकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *