पर्वतका अधिकांश स्वास्थ्य चौकीहरुमा जीवनजलको समेत समस्या : सीड नेपाल

महेन्द्र केसी, पर्वत २०७५ बैशाख १२ । पर्वत जिल्लाका अधिकांश स्वास्थ्य चौकीहरुमा जीवनजलको समेत अभाव रहेको तथ्य बाहिरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्वतको सेवा सुविधा सन्तोषजनक नरहेको खबरहरु आइरहेको बेलामा स्वास्थ्य सम्बन्धी सीड नेपाल संस्थाले गरेको सामाजिक परिक्षणमा जिल्लाका अंधिकाश स्वास्थ्य चौकीमा जीवनजलको समेत समस्या रहेको तथ्य सार्वजनिक गरेको हो ।

संस्थाले लुंखु प्राथमिक स्वास्थ्य केन्द्र, महाशिला , फलामखानी स्वास्थ्य चौकी, महाशिला , कार्किनेटा स्वास्थ्य चौकी, फलेवास, देउपुर स्वास्थ्य चौकी, मोदी , तिलाहार स्वास्थ्य चौकी, मोदी , भुकदेउराली स्वास्थ्य चौकी, मोदी, बाजुङ स्वास्थ्य चौकी, मोदी, पकुवा स्वास्थ्य चौकी, कुश्मा, दुर्लुङ स्वास्थ्य चौकी, कुश्मा, पाङ स्वास्थ्य चौकी, कुश्मामा सामाजिक परीक्षण गरेको थियो । त्यस्तै हुवास स्वास्थ्य चौकी, पैयू, पाखापानी स्वास्थ्य चौकी, महाशिला, बर्राचौर स्वास्थ्य चौकी, विहादी, पाङराङ स्वास्थ्य चौकी, फलेवास, मुडिकुवा स्वास्थ्य चौकी, फलेवास, देउराली स्वास्थ्य चौकी, मोदी, मल्लाज स्वास्थ्य चौकी, जलजला, खौला स्वास्थ्य चौकी, कुश्मा, पिपलटारी स्वास्थ्य चौकी, कुश्मा र खुर्कोट स्वास्थ्य चौकी, कुस्मामा पनि गरेको हो ।

सीड नेपाल पर्वतले पत्रकार सम्मेलन गरी आफ्नो सामाजिक परीक्षणको प्रतिबेदन सार्वजनिक गर्दै जिल्लामा जीवनजल, एम्बुलेन्स सेवाको समस्या रहेको बताएको छ । २० वटा स्वास्थ्य चौकीमा गरेको सामाजिक परीक्षणमा ७० प्रतिशत भन्दा बढी संस्थामा जीवनजलको समेत समस्या रहेको सीड नेपालका गणेश गिरीले बताए ।

स्थानीय तहमा भएमा एम्बुलेन्स सेवाहरु पनि प्रभावकारी नभएको सामाजिक परिक्षणको तथ्याङ्कले देखाएको छ । जिल्लामा रहेका ब्रथिङ्गसेन्टर समेत प्रभावकारी नभएको पाइएको सीड नेपालले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *