ग्रामिण क्षेत्रका महिलाहरुको जीवनपद्धती परिवर्तनमा लघुवित्त कार्यक्रम महत्वपूर्ण

सुमन जीसी, बागलुङ २०७५ बैशाख १२ । कालीगण्डकी गाउँपालिका गुल्मीका प्रमुख वेदवहादुर थापा मगरले ग्रामिण क्षेत्रका महिलाहरुको जीवनपद्धती परिवर्तनमा लघुवित्त कार्यक्रमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

चारतारे युवा क्लव सिवाईसी नेपालद्धारा सञ्चालित लघुवित्त कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठिको तेश्रो दिनको कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी थापाले उक्त कुरा बताएका हुन । संस्थाको पुर्तिघाट शाखा कार्यालय गुल्मी अन्तर्गत सम्पन्न गोष्ठिमा थापाले ग्रामिण क्षेत्रमा लघुवित्त कार्यक्रमले पु¥याएको घरदैलो वित्तीय तथा गैरवित्तीय सेवाहरु निकै नै प्रभावकारी रहेको बताए । सिवाईसी लघुवित्त कार्यक्रमले यस क्षेत्रका महिला दिदीवहीनीहरुको वित्तीय सुधार र शशक्तिकरणमा खेलेको भूमिका प्रशंसनीय रहेको थापाको भनाई थियो ।

कार्यक्रममा सिवाईसीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसीले जहिले पनि दुईवटा वर्गलाई समेटेर अगाडि बढिरहेको बताउदै अहिले खाए भरे के खाने र भरे खाए भोली के खाने भन्ने वर्ग र हुने खाने वर्गसंग काम गर्दा वर्ग समन्वयवाट अगाडि वढ्न प्रेरण मिलेको बताएका थिए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी, उद्यमी सदस्यहरको तर्फवाट मती सिंजापती, तयावुन खातुन, केन्द्र प्रमुखहरुको तर्फवाट विमला शर्मा, पुरुष लघुवित्त केन्द्रका प्रमुख निम श्रीस, कालिगण्डकी गा.पा. वडा स्तरीय सञ्जालका निर्देशक आरती न्यौपाने, वडा नं. ३ का निर्देशक निरमाया वि.क लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रमकै क्रममा महिलाहरुको शशक्तिकरण र आय आर्जनमा उल्लेख्य काम गरी वार्षिक केन्द्र मूल्याङ्कनवाट शाखा स्तरमा उत्कृष्ठ हुने ३ वटा केन्द्रलाई नगद सहित पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने केन्द्रहरुमा क्रमशः परिवर्तनशिल आत्मनिर्भर महिला केन्द्र फोक्सीङ, लम्कडा आत्मनिर्भर महिला केन्द्र फोक्सीङ र कालीगण्डकी आत्मनिर्भर महिला केन्द्र पुर्तिघाट प्रथम, दृतिय र तृतीय स्थान हाँसील गरेका थिए। पुर्तिघाट शाखा अन्तर्गतका केन्द्र प्रमुखहरुको उपस्थिती रहेको कार्यक्रममा वित्तीय साक्षरता सम्वन्धमा संस्थाका अध्यक्ष पौडेल र प्रमुख कार्यकारी अधिकृत अधिकारी र प्रवन्धक संीिता शर्मा पौडेलले सहजिकरण गरेका थिए ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत तथा शाखा कार्यालयको प्रगतिको वारेमा शाखा प्रवन्धक राजेन्द्र गौतम र सञ्चालन एवम् सम्पूर्ण संस्थाको बारेमा जानकारी प्रवन्धक संगिता शर्मा पौडेलले जानकारी गराएकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *