निसीखोला १ देविस्थान माविमा दुई आ.व.को सामाजिक लेखा परिक्षण सम्पन्न

छविलाल पाण्डे बुर्तिबाङ २०७५ बैशाख १२ । निसीखोला गाउपालिका १ देबिस्थान माध्यमिक बिद्यालय को आ.ब. २०७३ र ७४ बैशाख ११ सम्मको सामाजिक लेखा परिक्षण मंगलबार सम्पन्न भएको छ ।

शिक्षक अभिभाबक संघका अध्यक्ष तथा सामाजिक लेखा परिक्षण समिती संयोजक मुतm बहादुर सिंहको अध्यक्षतामा बसेको समितीको भेलाले करिब दुई आर्थिक बर्षको समाजिक लेखा परिक्षण पारित गरेको हो ।

आ.ब .२०७३ मा बिद्यालयको कुल आम्दानी ८९ लाख ६५ हजार, ९ सय ३५ रुपैया ३४ पैसा रहेको र ६९ लाख ६३ हजार , ७ सय ९७ रुपैया ११ पैसा खर्च भई बिद्यालय कोषमा २० लाख २१ ह्जार ८ सय ८९ रुपैया ६४ पैसा बचत भएको थियो ।

त्यस्तै आर्थिक बर्ष २०७४ अन्र्तगत गत साउन महिनादेखि बैशाख ११ सम्मको कुल १ करोड, १७ लाख , १५ हजार, ७ सय ९७ रुपैया ११ पैसा आम्दानी भएको छ । जसमा हालसम्म ६२ लाख, ८३ हजार, ६ सय , ८४ रुपैया ४९ पैसा खर्च भई हालसम्म बिद्यालयको खातामा ५४ लाख, ३२ हजार, १ सय , १२ रुपैया ६२ पैसा बचतमा रहेको बिद्यालयक प्रध्यानाध्यापक किरण पौडेलले जानकारी दिए ।

उतm बिद्यालयको शैक्षिक तथा भौतिक ब्यवस्थापनलाई मध्यनजर राख्दै आगामि जेठ २५ गते बिद्यालयको बार्षिक उत्सब सम्म बिद्यालयको आम्दानी कोषमा १ करोड संकलन गर्ने लक्ष्य सहित चन्दा संकलन अभियानलाई समेत तिब्रता दिईएको रहालसम्म करिब ५५ लाख चन्दा बोल भईसकेपनी उतm बोलचन्दा मध्ये स्थाई कोषसमितीको खातामा ३५ लाख ९१ हजार ३ सय ४ रुपैया ८ पैसा संकलन भईसकेको छ । बांकी बोलरकम उठ्ने क्रम जारी रहेको बिधालय ब्यबस्थापन समिती अध्यक्ष ईन्द्रबहादुर मल्लले बताए ।

उनका अनुसार बिधालयले थालेको अभियान सफल पार्न सबै क्षेत्रबाट सहयोग जारी रहेको र अझै स्वदेश बिदेशमा रहेका त्यसक्षेत्रका युवा, बुद्धिजिवी, समाजसेवि लगायतलाई फोन, पत्र मार्फत समेत चन्दा बोल गरीदिन आग्रह गर्ने कार्य जारी रहेको समिती अध्यक्ष मल्लले बताए । बिद्यालयले चन्दादातालाई बार्षिक उत्सबका अबसरमा भब्य सम्मान गर्ने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *