गुल्मीका चार खबर : वचत सहकारी संघको नवौँ वार्षिक साधरण सभा !

प्रेम सुनार, गुल्मी २०७३ फागुन ७ । वचत तथा ऋण सहकासी संघ लिमिटेड गुल्मीको नवौं वार्षिक साधरण सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ , । जिल्लाभरका ७२ वटा सहकारी संस्था मध्ये २१ व्वटा सहकारी संस्था आवद्ध रहेको संघमा शेयर पुँजी २ लाख १० हजार , बचत बाँकी ४ लाख ७१ ह्हजार ३ सय ७६ , नगद बाँकी ९ हजार ९ सय २७ र बैंकमा बाँकी ५ लाख ८२ हजार ७ सय ७२ हजार वरावरको आय व्याव लेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । संघले आर्थिक वर्ष २०७२ ÷ ०आय व्या ७ लाख ९१े ह्हजार २ सय १९ रुपैयाँ वरावरको आय व्याय विवरण साधरण सभामा पेश गरेको थियो ।

साधरण सभाको सहकारी डिभिवजन कार्यालय पाल्पाका डिभिजन प्रमुख कृष्णबहादुर बोहराले उद्घाटन गरेका थिए । प्रमुख अतिथी वोहरकाका अलवा डिभिजनन कार्यालयका सहकारी निरीक्षक नारायण प्रसाद न्यौपाने , अर्का अधिकृत कृष्ण खाती , ऋण तथा वचत संघका सञ्चालक रामलाल पाण्डेय , केन्द्रिय मौरी पालन संघका सदस्य चेतमान कुँवर लगायको विशेष आतिथ्यता रहेको थियो ।

संघका अध्यक्ष यमबहादुर थापको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सञ्चाक श्यामकुमार पाण्डेको स्वागत मन्तव्य र सचिव राधा पन्थीको सञ्चालन रहेको थियो । उद्घाटन सत्रको समापन पछि बसेको बन्द सत्रले जिल्लाको अगुवा महिला सहकारीकर्मी राधा पन्थीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । उपाध्यक्षमा श्यामकुमार पाण्डे , सचिवमा टंक पन्थी , कोषाध्यक्षमा ऋषिराम अर्याल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तोयरायण ज्ञवाली , अमरबहादुर कुँवर र पदमलाल पाण्डेय चयन भएका छन् । त्यस्तै श्यामलाल कुँवरको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा गणेश अधिकारी र गणेश श्रेष्ठ चयन भएका छन् ।

तम्घासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

यसैवीच गुल्मीको सदरमुकाम तम्घासमा आज देखि आठौं राष्ट्रिय राष्ट्रपति रनिङ्ग शिल्ड कप प्रतियोगिातको २ नम्वर क्षेत्रिय स्तरको प्रतियोगिता सुरु भएको छ । तिन दिन सम्म चल्ने प्रतियोगिाको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले उद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रमा प्रमुख जिल्ला अधिकारी ढुङ्गानालाई विद्यालयका विद्यार्थी तथा खेलाडीहरुले मार्च पास सलामी टक्राएका थिए । कार्यक्रममा स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपाल , गुरुगोरख गुल्मका गुल्मपति सेनानी दिपक वरुवाल , सशस्त्र प्रहरी वलका गुल्मी पति सशस्त्र प्रहरी नायव उपरिक्षक दिग विजय सुवेदी ,नेपाल विभिन्न राजनैतिक दलका प्रतिनिधी अन्य सरोकारवाला र पत्रकारहरुको आतिथ्ता रहेको थियो ।

शिद्धवावा उच्च माध्यामिक विद्यालय तम्घास खानीगाउँको आयोजकुद विकास समितिको सह आयोजनामा सुरु भएको क्षेत्रिय प्रतियोगितामा १६ वटा टिम विच विभिन्न विद्यामा प्रतिस्पर्धा हुने खेलकुदना र जिल्ला खेलमहासंगका अध्यक्ष नवराज विकास समितिका कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
यस अघि क्षेत्र नम्वर ३ को जैसीथोकमा पञ्चायन उच्च माविको आयोजनमा सम्पन्न भई सकेको र क्षेत्र नम्वर १ को भुवाचीदीमा त्रिभुवन उच्च माविले सम्पन्न गरी सकेको र आज देखि क्षेत्र नम्वर २ स्तरिय प्रतियोगिता सम्पन्न गरी जिल्ला स्तरिय प्रतियोगिता गरिने जिल्ला विकास समितिका कार्यालय प्रमुख दिपक केसीले जानकारी दिए ।

समितिका उपाध्यक्ष तथा क्षेत्र नम्वर २ का खेल संयोजक रमेश श्रीस्को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा शिद्धवावका विद्यार्थी दलबहादुर रानाले कार्यक्रम सञ्चाल गरेका थिए ।

मुक्ति समाजको भेला प्रशिक्षण

यसैगरी नेकपा एमालेको दलित संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी गुल्मीले आज एमाले पार्टी कार्यालयमा एक दिवसीय अगवा कार्यकर्ता प्रशिक्षण भेला गरेको छ । भेलामा नेकपा एमाले ५ नम्वर प्रदेश संयोजक निलकण्ठ गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै जिल्ला सचिव सोमनाथ सापकोटा, मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनार , नेकपा एमालेका सचिवालय सदस्य गणेश श्रीपाली , कृष्ण घिमिरे , राष्ट्रिय दलित आयोगका सदस्य गोविन्द सुनार , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतले मन्तव्य राखेका थिए ।
जिल्लाका तिन वटै क्षेत्रका अगुवा कार्यकर्ता सहभागी गराएर एमालले आशन्न स्थानिय निकायको निर्वाचन र दलित अधिकारका सम्वन्धमा प्रशिक्षण दिएको आयोजकले बताएका छन् । मुक्ति समाजका जिल्ला अध्यक्ष दलबहादुर बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण नेपालीको स्वागत मन्तव्य र सचिव धनेन्द्र बिकको सञ्चालन रहेको थियो ।

निर्वाचन दिवसमा अन्तरकृया

प्रथम निर्वाचन दिवस २०७३ को अवसरमा आज जिल्ला निर्वाचन कार्यालय गुल्मीले सरोकारवालाहरु संग लोकतन्त्र र निर्वाचन विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरकृया कार्यक्रममा निर्वाचन सम्वन्धी कार्यपत्र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला न्यायधिश मातृका प्रसाद मरासीनीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठ सहित विभिन्न कार्यालका प्रमुख पतिनिधी र राजनैतिक दलको सहभागीता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *