अध्यक्षमा कमल थापाको विजय निश्चित : डा. लोहनीलाई सहमतिको पालना गर्न कार्यकर्ताको दबाब !

बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङबाट केन्द्रिय सदस्यमा ९ जनाको उमेदवारी !

काठमाडौँ, २०७३ फागुन ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक एकता महाधिवशनको बन्द सत्र राजधानीको भृकुटी मण्डपमा जारी छ । अहिले बन्दसत्रमा प्रस्तुत कार्यपत्रहरुमाथि छलफल भैरहेको छ भने बाहिर महाधिवेशन परिसरमा निर्वाचनको चहलपहल बढेको छ । ईच्छुक उम्मेदाहरुले आफना लागी मत मागीरहेका छन् ।

फागुन ४ गते पूर्व प्रधानमन्त्री एवं राप्रपाका बरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दको निवासमा पार्टीका चार शीर्ष नेताहरु, चन्द, पशुपति शम्सेर जवरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापा वीच कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमतिलाई मुर्तरुप दिन महाधिवेशन प्रतिनिधीहरुले वक्तव्य प्रकाशित गर्दै माग गरिरहेका छन् ।

डा लोहनीले आफैले गरेको सहमतिलाई तोड्दै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछी सिँगो पार्टी पंक्तिमा यसको तीब्र बिरोधका साथै पार्टी कार्यकर्ताहरुको चाहनालाई मध्य नजर गरी डा लोहनीले आफनो निर्णय सच्याउनु पर्ने चौतर्फी दबाब बढेको छ । डा. लोहनी जस्तो सुझबुझकारी नेताले किन आफैले गरेको सहमति विपरीत गएर अध्यक्ष पदमा उम्मेदवारी दिने उद्घोष गरे त्यस भित्रको रहस्य पार्टी हित विपरीत भएकोले यसबारे गम्भीरता पूर्वक सोच्नु पर्ने पार्टी कार्यकताहरुको माग रहेको छ ।

उनको (लोहनी) उम्मेदवारीले पार्टी प्रतिनिधीहरुमा कुनै हलचल आएको छैन, एक जना महाधिवेशन प्रतिनिधीले भने, उमेदवारीको घोषणाले त उल्टै डाक्टर साहेबकै मानमर्दन भएको छ, समय छँदै उहाँले गल्ती सच्याउनु हुने आशा लिएका छौँ ।’

निर्वाचन कार्यक्रमअनुसार आइतबार उम्मेदवारले मनोनयन दर्ता गर्ने र सोमबार निर्वाचन हुनेछ । नयाँ विधानअनुसार महाधिवेशनले एक अध्यक्ष र १ सय ६१ केन्द्रीय सदस्य छान्नेछ ।

यसैवीच राप्रपा बागलुङले अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापालाई समर्थन गर्ने निर्णय गरेको छ । यसका साथै केहिबेर अघि बागलुङका पार्टी अध्यक्ष सुरेन्द्र खडकाको अध्यक्षतामा बसेको म्याग्दी,मुस्ताङ र पर्वतका जिल्ला सभापतिहरु क्रमश वीरबहादुर थापा, भूपेन्द्र शेरचन र ईश्वर गिरीको बैठकले एक प्रस्ताव पारित गरी पार्टीको अध्यक्ष पदमा कमल थापालाई मत दिने निर्णय गरेको छ । बैठकले फागुन ४ गते चार शीर्ष नेताहरुले गरेको सहमति कार्यान्वयन हुनुपर्ने माग गरेको छ ।

एकता महाधिवेशनमा बागलुङ जिल्लाबाट खुल्ला सदस्यमा दीपक कुँवर, तिलक बहादुर रिज्याल र दिलविकास राजभण्डारी, म्याग्दीबाट जगत गौचन र पर्वतबाट रणबहादुर क्षत्रीले उम्मेदवारी दिने घोषणा गरेका छन भने जनजाति तर्पm पर्वतका ईच्छा गुरुङ र मुस्ताङका प्रवीण थकालीले उमेदवारी दिने बताएका छन् ।

यसैगरी महिला सदस्यमा पर्वतबाट शकुन्तला महत तथा दलितमा पर्वतका हर्कबहादुर बिकले उम्मेदवारी दिने उद्घोष गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *