बडीगाड गाउपालिकामा ६ महिने सिलाइ कटाइ तालिमको उद्घाटन

दिनेश शर्मा खर्वाङ बागलुङ २०७५ बैशाख १० । बडीगाड महिला तथा बालबालिका सशक्तिकरण केन्द्र बडीगाड गाउपालिकाको आयोजना र बडीगाड गाउपालिकाको आर्थिक सहयोगमा ६ महिने सिलाइ कटाइ तालिमको आयोजना गरिएको छ । उक्त कार्यक्रमको बडीगाड गाउपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सिलाएर आज कार्यक्रमको उद्घाटन गरेका हुन् ।

सशक्तिकरण केन्द्र की अध्यक्ष बिना थापाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वडाका वडाअध्य्क्ष प्रशिक्षक र बडीगाड का १० वटा वडा का १० जना प्रशिक्षार्थी रहेका छ्न।

प्रशिक्षार्थीहरुलाइ मासिक ५००० भत्ता समेत उपलब्ध गराउने सस्थाकी अध्यक्ष बिना थापाले बताईन।कार्यक्रम सस्थाकी सचिब माया केसीले सन्चालन गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *