एकपछी अर्को जंगलमा फैलिदै गरेको डढेलोबाट गल्कोटका वन-जंगलमा ठूलो क्षेती (तस्बीर)

गल्कोट २०७५ बैशाख १० । केहि दिन देखी गल्कोट नगरपालिका भित्रका सामुदायिक वन जंगलहरुमा सल्केको डढेलो पूर्णरुपमा अझै नियन्त्रणमा आउन सकेको छैन । स्थानीयबासी, जनप्रतिनिधी एवं प्रहरीको सक्रियतामा केहि जंगलहरुमा आगो नियन्त्रणमा ल्याउने कामभएपनि डढेलोे एक पछी अर्को जंगल तिर सल्किदै गएकोले बनजंगलको निकै विनाश भएको गल्कोट नगरपालिका ८का अध्यक्ष तेजत्रिलोक बहादुर थापाले ईबागलुङलाई बताए ।

गनपा मल्म ३ को बाँगेसल्लामा रहेको दलित बस्तीतिर बढेको डढेलोलाई स्थानीयबासी प्रहरीको सहयोगमा आज विहान नियन्त्रणमा ल्याएर बस्ती बचाउन सकिएपनि डढेलो अर्को जंगल तिर सल्किएको वडाध्यक्ष थापाले बताए । उनले नौले भन्ने ठाउँमा आगो निभाउन सफलता मिलेपनि डढेलो अहिले रिघाको जंगलतिर सल्किएको बताए । स्थानीगबासीहरु डढेलोका सन्त्रासमा छन् ।

डढेलोले यो वर्ष वन जंगलको विनाश भएपनि कहिँ मानवीय क्षेतीभने भएको समाचार प्राप्त भएको छैन ।

तस्वीर- तेज त्रिलोकबहादुर थापा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *