कविता: नियति कि नियत ?

महेन्द्र केसी

जब म अगाडि बढ्न खोज्छु
हरेक पल बाधा अबरोधहरु खडा भैदिन्छ
आफ्न्त भन्नेहरुनै तगारो बनिदिन्छ ।
हिजो उनकै कारण मेरो यात्रा रोकियो
आज फेरि यात्रामा अबरोध गरियो ।
आखिर मेरै जिवनमा यहि चलिरहेछ
आखिर मलाई नियतीले हो कि
उनीहरुको नियतले किन यसरी पछ्याइरहेछ ।
सोच्छु अब त फुल्छु
निमोठिन्छ हाँगाहरु मेरा
चुडाइन्छ कोपिला
फालिन्छ भुइमा
संघर्ष गर्दै फेरि फुल्न खोज्छु
उही काहनी दोहोरिन्छ म माथि
आखिर यो नियति कि
उनको नियत मैले बुझ्न सकेको छैन ।
बारम्बार मेरै यात्रामा बज्रपात हुन्छ
अगाडि बढेका पाइलाहरुमा काँडाहरु
विच्छाइन्छ
यात्राका लागि तयारी गरिरहेका मेरा खुट्टाहरु
समाइन्छ ।
यो सब ममाथि भैराखेको छ ।
आखिर नियती कि नियत ?
मलाई सोच्न बाध्य पारेको छ ।
घरभित्रै म असुरक्षित बनिरहेको छु ।
मेरो सपनाहरुलाई खरानी बनाउनको लागि
घरभित्रै योजना बनाइदै छ ।
चक्रव्यूमा पारि मेरा सपनाहरुलाई बलिको बोका बनाइरहेका छन्
आखिर ममाथि यो सव चलिरहेछ ।
नियतीनै यस्तै हो कि ?
उनको नियतले यस्तो भैराखेको छ ।
बारम्बार ममाथि यस्तै चलिरहेछ ।
चलिरहेको छ ।।
किन ?
म माथिनै यी सब भैराखेका छन्
मैले बुझ्न नसकेको हो कि नबुझेको हो
सहयात्रामा हिड्नेहरुनै मेरो यात्रा अबरोध गर्नको लागि
तल्लीन देखिन्छन् ।
हरेक पल मलाई अगाडि बढ भनि सिकाइन्छ
तर अपसोच
पछाडिबाट छुरा धसिन्छ
म माथि हिजोदेखि यस्तै चलिरहेको छ ।
आखिर
नियति कि नियत ?
ममाथि ममाथि हैकम चलाइरहेको छ ।
चलाइरहेको छ ।

–पर्वत ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *