रुन्चे गायक प्रकाश पौडेलको खुच्चिङ बोलको गीतको म्युजिक भिडियो बजारमा

रामप्रसाद ढुंगेल, युएई २०७५ वैशाख १०, य। वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका रुन्चे गायकका रुपमा परिचित प्रकाश पौडेलको खुच्चिङ बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ । आफ्ना सिर्जनामा हास्य र मनोरञ्जनात्मक फ्लेभर पस्कन सिपालु गायक पौडेलले यसअघि नाई मलाई त्यही केटी चाहिन्छ, घाँस काट्ने, ओई नेता, यता सुनन, सलाम वालेकुम, डाक्टर साब, भोली छुट्टी, तिते पाती लगायत दर्जन बढी कमेडी गीत बजारमा ल्याएका पौडेलको यो गीत पनि निकै रमाईलो छ ।

युएईमै रहेर पत्रकारिता र समाजसेवामा सक्रिय एनआरएन अभियन्ता मेघराज सापकोटाको शब्दलाई पौडेलले संगीत समेत दिएका हुन् । रोचक प्रसङ्ग र दृश्यहरु समाबेश गरिएको उक्त गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन । रामशरण उप्रेतीको छायाङ्कन रहेको उक्त भिडियोलाई डिन्सोन शाहले सम्पादन गरेका हुन । बर्सेनि नयाँनयाँ शैली र प्राबिधिक रुपमा अब्बल सिर्जना सार्वजनिक गर्ने गायक पौडेलको यो गितको भिडियोले दिनानुदिन युटयुबमा भिवर्स बढाइरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *