ब्यबसायिक मौरिपालन गर्न कृषकलाई नगर उपप्रमुख काउचाको आग्रह

घनश्याम गौतम, गल्कोट २०७५ बैशाख १० । गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचा मगरले ब्यबसायिक मौरिपालन गर्न कृषकलाई आग्रह गरेकी छन् ।

गल्कोट नगरपालिका कृषि शाखाको आयोजनामा हटियामा २ दिने मौरिपालन सम्बन्धी तालिमको हिंजो उद्घाटन गदैं नगर उपप्रमुख काउचाले कृषकले ब्यबसायिक रुपमा मौरिपालन गर्न सकेमा आम्दानीको राम्रो श्रोतको सम्भाबित क्षेत्र रहेको बताईन् ।

उनँले गल्कोटमा मौरिपालन गर्न बाताबरण उपयुक्त रहेको बताउदैं त्यस तर्फ कृषकले बिशेष ध्यान दिएर ब्यबसाय गर्नुपर्नेमा जोड दिईन् ।

तालिममा मौरिपालन गर्नुको महत्ब आबश्यकता र सम्भाबना लगाएतको बिषयमा बरिष्ट बालि संरक्षण अधिकृत यम प्रसाद पौडेल र गल्कोट नगरपालिका कृषि शाखाका प्रमुख डिएन दाहालले सकजिकरण गरेका थिए ।

कार्यक्रममा गल्कोट नगरपालिकाका बडा १ देखी ११ सम्मका करिब ३२ जना कृषकको सहभागिता रहेको छ ।

कार्यक्रम गल्कोट नगरपालिका बडा नम्बर २ का बडा अध्यक्ष वीरजंग भण्डारीको अध्यक्षता प्रमुख प्रसासकीय अधिकृत कृष्णराज गौतमको स्बागत तथा पशु शाखा प्रमुख चिन्तामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *