प्रदेश नं ४ लाई “हिमालय प्रदेश” नामाकरण गर्नुपर्ने केही कारणहरु

माधब पराजुली,

बिभिन्न चरण निर्वचन सम्पन्न भए सँगै देशमा संघियता कार्यान्वयन भएको छ । पहिलो पटक देश संघिएतामा गएकाले यति बेला गाँउपालिकाको नाम र केन्द्र कहाँ राख्ने तथा प्रदेशको नाम के राख्ने भन्ने बहस पँधेरो देखी चौतारा सम्म चर्कीन थालेको छ ।

नेताहरु देखी नागरिकहरुको ध्यान यतिबेला प्रदेशको नाम के राख्ने भन्नेमै केन्द्रित भएको छ । सामाजिक सञ्जालमा पनि आफ्ना बिचार देख्न पाईन्छ । प्रदेश नं. ४ को कुरा गर्दा प्रयाः यस प्रदेश लाई हिमाल,गण्डकी,गोरखा,मुक्तिनाथ,शालिग्राम,माछापुच्छ«े,अन्नपुर्ण,धौवलागिरी लगाएतको नाम राख्नुपर्ने माग आएको छ । यस क्षेत्रका तमुहरुले तमुवान,मगरहरुले आफ्नो प्रदेशलाई मगरात राज्य बनाउने भन्ने गरेको पनि सुन्नमा आएको छ । तर उनीहरुले भने जस्तो तमुवान र मगरात प्रदेश बनाउन भने त्यत्ति सजिलो देखिदैन । यसले झन जातिय आन्दोलन चर्काउछ । जातिय प्रदेश लाई चट्टक छोड्दै सबै जातजाती लाई मिल्ने र प्रदेशको पहिचान झल्कने खालको नाम राख्न आउनुहोस् हामी बहस गरौँ । प्रदेश ४ लाई हिमाल प्रदेश राख्दा सबैको चित्त बुझ्ने देखिन्छ । यहाँको हिमालको सुन्दरताले यस क्षेत्रलाई चिनाएको छ ।

नेपाल भन्दा बित्तिकै बिदेशीहरु हिमालै हिमाल भएको देश भनी चिन्ने गर्दछन ।उनीहरुको मोह हिमाल प्रति निकै रहेको पाईन्छ । बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस भने जस्तै प्रदेश ४ का जनताले साच्चिकै आफु बसेको ठाँउ बाट कुनै एक हिमालको एक अंग देखेकै हुन्छन् । चाहेँ पर्वतका होउन चाहेँ स्याङ्जाका सबै जनताले त भन्न नसकियला तर अधिकांस जनताले हिमाल आफु बसेको स्थान बाट देखेकै छन् । त्यसैले पनि उनीहरु आफुले आफै लाई गर्वभान्वित ठान्दछन् । हिरा जस्तै टल्लक टल्कने हिमाल नेपालको गहना हो ।

हामी प्रदेशको नाममा त्यत्ति धेरै अल्मलमा परिरहनुपर्ने स्थिती देखिदैन हामी प्रदेशवासी यस प्रदेश लाई हिमालय प्रदेश बनाउन खुट्टा कपाउनु हुदै । नेपालको संविधान २०७२ मा उल्लेख भए अनुसार प्रथम प्रदेशसभा बैठक भएको ६ महिनाभित्र तत्काल कायम भएको प्रदेशसभाको दुइ तिहाइ सदस्यले प्रदेशको नाम र केन्द्र तोक्न सक्ने कानूनी प्रावधान रहेको देखिन्छ । हाल प्रदेश नं ४ को केन्द्र निर्विकल्प भएको र प्रदेशको नाम तोकिएको समयावधिभित्र तोक्नुपर्ने भएको हुँदा प्रदेश ४ को नामाकरणका लागि प्रदेश सभा सदस्यहरु सम्मिलित एक समिति गठन भइसकेको छ ।

समितले जिल्ला जिल्ला पुगेर प्रदेशको नाम के रख्ने भन्ने बारे सुझाव लिईरहेको छ । उक्त समितिले तयार पार्ने प्रतिवेदनमा प्रदेश नं ४ लाई “हिमालय प्रदेश” नामाकरण गर्न सान्दर्भिक हुने केही बस्तुपरक र समय सान्दर्भिक सुझाव र कारणहरु बुदाँगत रुपमा केलाउन चाहान्छु ।

देवभूमि हिमालय प्रदेशमा रहेका हिमालको बहुआयामिक जस्तै प्राकृतिक, सांस्कृतिक, भौगोलिक, सामाजिक र धार्मिक महत्व भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

पूर्वमा वर्मादेखि पश्चिममा अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालयको मध्य भागमा प्रदेश नं ४ को हिमाली भेग पर्ने भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

नेपालका हिमश्रृङखलाहरु मध्ये महत्वपूर्ण धौलागिरी र अन्नपूर्ण हिमश्रृङखला यसै प्रदेश अन्तर्गत पर्ने भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

नेपालमा रहेका ८,००० मिटरभन्दा अग्ला ३ वटा हिमाल धौलागिरी (८,१६७ मिटर), मनास्लु (८,१५६ मिटर), अन्नपूर्ण (८,०९१ मिटर) र अन्य महत्वपूर्ण हिमालहरु गुर्जा (७,१९३ मिटर) र निलगिरी (७,०६१ मिटर) यसै प्रदेश अन्तर्गत पर्ने भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

हिमाल पारिका जिल्ला भनेर चिनिने मुस्ताङ्ग र मनाङ्ग यहि प्रदेशमा पर्ने साथै गोरखा जिल्लाको केही भाग पनि हिमाल पारिको भेगमा पर्ने भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

दक्षिणी मोहडामा हिमाल देख्न पाइने नेपालको एकमात्र प्रदेश भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

कुमारी हिमालको रुपमा रहेको नेपालको एक मात्र हिमाल माछापुच्छ« (६,९९३ मिटर) यहि प्रदेशमा रहेकोले । जुन हिमाल वि.स. २०२० पछाडि आरोहण गर्नका लागि पूर्ण रुपमा प्रतिवन्ध गरिएको छ ।

प्रदेशभित्रको पर्यटन हिमालको काखमा अवस्थित अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र ढोरपाटन शिकार आरक्षमा आधारित पर्यापर्यटन भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

हिमश्रृङखलाबाट उत्पत्ति भई अनवरत रुपमा बग्ने सप्तगण्डकीका सहायक नदीहरु त्रिशुली, बुढीगण्डकी, दरौँदी, मस्र्याङ्गदी, मादी, सेतीगण्डकी र कालीगण्डकीको पानीको मुख्य स्रोत हिमाल हो । यस बाहेक म्याग्दी खोला, रघुगंगा लगायतका साना प्रकृतिका खोलाहरुको उत्पत्ति पनि माथि उल्लेखित हिमालहरु नै भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

मुक्तिक्षेत्र मुक्तिनाथदेखि हरिहरक्षेत्र देवघाट हुँदै गजेन्द्रमोक्षधाम त्रिवेणीसम्म फैलिएको र हिमालमा उद्गमबिन्दु भएको सदावहार बग्ने कालीगण्डकी नदी र सो नदीमा विश्वमा अन्त कतै नपाइने महत्वपूर्ण शालीग्राम पाइने भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

हिमालय पर्वतकी छोरी पार्वतीको जन्म यहि प्रदेशमा भएको हुँदा यसको शास्त्रिय महत्व रहेकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

प्रदेशको केन्द्र पोखरालाई अद्भुत प्राकृतिक थलोको रुपमा चिनाउन माछापुच्छ«े हिमालको महत्वपूर्ण भूमिका भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

प्रदेशभित्र बसोबास गर्ने सबै जातजातीका लागि सरल, सर्वमान्य, जनमैत्री र जनजिब्रोमा झुण्डिएको नाम भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

प्रदेशका सबै जिल्लाबाट जुनसुकै समयमा हिमालको मनोरम दृश्य देख्न सकिने भएकोले हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

हिमालमा उद्गम थलो भई अनवरत रुपमा बग्ने नदीहरुबाट बाह्रै महिना जलविद्युत उत्पादन गर्न सकिने र उर्जाको माध्यमबाट सम्वृद्ध प्रदेश निर्माण गर्नका लागि पनि हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

जलवायु परिवर्तनबाट नेपालका हिमालहरु कालापत्थरमा परिवर्तन हुँदै जान थालेकाले जलवायु परिवर्तनको जोखिमबाट बच्न र सरकार सो कुरासँग सम्वेदनशिल छ भन्ने विश्वलाई सन्देश दिनका लागि पनि हिमालय प्रदेश नै उपयुक्त देखिन्छ ।

पोखरा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *