बजेट अभावका कारण पर्वत जिल्लामा ६५ खानेपानी योजना अलपत्र !

महेन्द्र केसी पर्वत २०७३ पुस १८ । पर्वत जिल्लामा दश वर्षअघिदेखि निर्माण सुरु भएका खानेपानी आयोजनाहरुमा बजेट अभाव हुँदा अलपत्र परेका छन् । निर्माणधीन अबस्थामा रहेका ६५ वटा खानेपानी योजनाहरु बजेट अभावमा अलपत्र परेका हुन् ।

यी आयोजनाका लागि विनियोजित बजेटमध्ये ७ प्रतिशत मात्रै प्राप्त भएको बताइएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका अनुसार जिल्लामा ४५ क्रमागत, चालू वर्ष सुरु भएका १४, बृहत खानेपानी २, सह लगानीको १ र वर्षातको पानी संकलनका ३ गरी ६५ आयोजना छन् ।

आयोजनाका लागि सवा दुई अर्बको लगानी अनुमान छ । चालू वर्ष खानेपानीका लागि प्राप्त भएको बजेट १२ करोड ८१ लाख मात्रै छ । केही आयोजना चार पाँच वर्षमा सक्ने लक्ष्य छ । एक दशकमा जम्मा लागतको ५० प्रतिशत पनि बजेट प्राप्त नहुँदा धेरै योजना अधुरै रहेको खानेपानी तथा सरसफाई डिभिजन प्रमुख प्रेम डोटेलले बताए ।

उक्रमागतकै ४५ आयोजना छन् भने यसपालि २० वटा नयाँ छन् । पर्वतको बेनीमा निर्माणाधीन सह लगानी खानेपानी आयोजनाका लागि मात्रै १ करोड विनियोजन भएको उहाँले बताउनुभयो । बाँकी आयोजनाका लागि लागतको ५ देखि १० प्रतिशत पनि नपुग्ने बजेट प्राप्त भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *