दमेकको सरस्वती प्राबिलाई जापानी संस्थाव्दारा भवन र एम्बुलेन्स हस्तान्तरण !

कुस्मीसेरा २०७५ बैशाख ९ । जैमिनी नगरपालिका- २ देमेक बले बनौ स्थित सरस्वती प्राथमिक बिद्यालयको नवनिर्मित चार कोठे पक्की भवन र एक एम्बुलेन्स समुदायलाई हस्तान्तरण गरिएको छ । नवनिर्मित भवन र एम्बुलेन्स सन वल्र्ड भिजन नामको जापानी संस्थाका कार्यकारी निर्देशकले आईतवार एक कार्यक्रम बीच बिद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

जापानमा रहेका देमेक निवासी विष्णु पसाद सापकोटाको समन्वयमा सो जापानी संस्थाको आर्थिक सहयोगमा भवन निर्माण तथा एम्बुलेन्स प्राप्त भएको प्रेम सापकोटाले जानकारी दिए ।

जापानी संस्थाबाट रु ५० लाख प्राप्त भैसकेको र थप रकम पनि प्राप्त हुने बताईएको छ । सो भवन र एम्बुलेन्सकालागि रु ७० लाख खर्च भएको श्रोतले बतायो ।

हस्तान्तरण कार्यक्रमको अध्यक्षता सोही वडाका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, निवर्तमान सांसद प्रकाश शर्मा पौडेल, शिक्षाधिकारी गुरुप्रसाद शर्मा, श्रोतव्यक्ति विष्णु प्रसाद सापकोटा, जापानी संस्थाका कार्यकारी निर्देशक लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

तस्वीर सौजन्य: खेम आचार्य, जैनपा कुस्मीसेरा ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *