न्यू नव ज्योति युवा क्लब आँगाखेत बामियाको २० औँ वार्षिकोत्सव समारोह सम्पन्न

थम्मन थापा, बागलुङ २०७५ वैशाख ९ । न्यू नव ज्योति युवा क्लब गल्कोट नगरपालिका ७ आगाखेत बामियाको २० औं वार्षिकोत्सव समारोह समापन समारोहलाई सम्बोधन गर्दै प्रदेश नं ४ का सांसद चन्द्र बुढा सागरले नयाँ संकल्प सहितको समृद्ध समाज अबको आवश्यकता रहेको बताएका छन् ।
नयाँ संकल्प सहित युवाहरु एकिकृत बन्दै समृद्धसमाज निर्माणमा लाग्नु पर्ने सांसद बुढाको भनाई थियो ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नगर शिक्षा, युवा तथा खेलकुद अधिकृत प्रकाश ओझा, घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देश, पार्वती माध्यमिक विद्यालय चरैदीका प्रधानध्यापक हेम बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु जुना श्रीस मगर, राजन कार्की, ईश्वर सिंह लगायतले आफना सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।

मेलाको अवसरमा आयोजित साविकको वडा स्तरिय पुरुष भलिबल प्रतियोगितामा नगद रु ५१ हजार १ सय ५१ हात पार्दै न्यू नवज्योति युवा कल्व आयोजक टिम ए प्रथम र ओपिसी दुदिलाभाटी भैंसे व्दितिय भएका छन । त्यस्तै सामुहिक नृत्य प्रतियोगिता तर्फ द फर्स्ट स्टेप्स दि एकेडेमी अफ डान्स हटिया प्रथम र गलकोट माध्यमिक विद्यालय हटिया द्वितिय भएका छन भनें पुरुष रस्साकसीमा आयोजक टिम ए प्रथम र आयोजक टिम बि द्वितिय भएका छन यता महिला रस्साकसीमा चिसापानी आमा समुह बामिया प्रथम र सिर्जनशिल आमा समुह आगॉखेत द्वितिय भएका छन ।
मेला सफल पार्न सहयोग गर्नुहुने प्रायोजक, सहयोगदाता, कलाकार, पत्रकारलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रम न्यू नवज्योति युवा क्लब गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षता, कोषाध्यक्ष टेकनाथ गौतमको स्वागत र संस्थापक सचिव वीर बहादुर चोखाल र सदस्य सरिता रामदामको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *